बाणगंगाका कृषकलाई माटो र मलखाद व्यवस्थापन तालिम प्रदान

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कृषकका लागि माटो तथा मल खाद्य व्यवस्थापन तालिम प्रदान गरिएको छ । बाणंगा नगरपालिका वडा नम्बर ५ मधौलिया स्थित सोही स्थानका कृषकहरुका लागि कृषि ज्ञान केन्द्र तौलिहवाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिने तालिम संचालन गरिएको हो ।

तालिममा बरिष्ठ माटो विज्ञ इन्द्रबहादुर ओलीले माटोको उर्वरा शक्ति बढाइ उत्पादनमा समेत बृद्धि गर्नका लागि कृषकले आफ्नो बारीको माटोको अवस्थाबारे जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले अहिले नेपालमा माटोलाई मलिलो बनाउनका लागि सबैभन्दा उत्तम उपाय गड्यौला खेती रहेको भन्दै नेपालमा यसको प्रयोग समेत बढ्दै गएको बताउनुभयो । उहाँले तराईका किसानले गोबर मलको प्रयोग गर्ने भएको भए पनि केही किसानले गोबरलाई दाउराको रुपमा प्रयोग गर्दा खेतबारीले मल नपाएको समेत उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमूख डा. रबिन्द्रनाथ चौवेले कपिलवस्तुका किसानहरुको उत्पादन बृद्धिका लागि विभिन्न कृषिमैत्री कार्यक्रमहरु संचालन भइरहेको जानकारी दिनुभएको छ । उहाँले तालिममा सहभागि किसानहरुले कम्तिमा आफ्नो खेतबारीमा प्रयोग गरीने मल र खेतबारीको माटोको अवस्थाबारे आफू स्वयम जानकार बन्नुपर्ने बताउनुभयो । उहाँले किसानले प्राङ्गारिक र गोठेमलको प्रयोगका साटो रासायनिक मलको प्रयोगमा बढी जोड दिने गरेका कारण माटो बिग्रने र उत्पादन समेत घट्ने भन्दै माटो तथा मलखाद व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

यस्तै उक्त तालिममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका कृषि प्रसार अधिकृत चन्द्र प्रकाश गुप्ता र प्राविधिक सरिता क्षेत्री लगाएतले कार्यक्रमको सहिजकरण गर्नुभएको थियो । तालिममा वडा नम्बर ५ मधौलियाका करिब २० जना कृषकहरुको सहभगिता रहेको छ ।

प्रतिक्रिया

खबर सबै