

तिलोत्तमाका विद्यालयमा एक महिना गर्मी बिदा





बुटवल । गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले वार्षिक विदाबाट समायोजन हुने गरी जेठ २२ देखि असार १७ गतेसम्म बिदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।
अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने र बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै केही दिन विद्यालय बन्द गर्न माग गरेको थियो ।
यसअघि बुटवल उपमहानगरपालिकाले पनि गर्मीका कारण जेठ १४ देखि असार १० सम्मका लागि नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया