

कपिलवस्तुमा एक अनौठो आँपको रुख, जहाँ फल्छन् थरीथरीका फल





कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमी नगरपालिका १० बहडीलवामा समयमाईको प्रतिकका रुपमा रहेको अनौठो आँपको रुखमा दिन प्रति दिन धार्मिक आस्था बढ्दै गएको छ। यो रुखमा स्थानीय जातका ३ प्रकारका आँप फल्ने गर्छ।
यस बर्ष रुखमा धेरै आँप फलेका छन्। बहडीलवामा ढेड सय बर्ष पुरानो आँपको रुखमा सयममाई मन्दिर र मलंग बाबाको प्रतिक छ। यहा पुजापठा र भाकलका लागि श्रद्धालुहरु आउने गरेको पुजारी सुग्रीव धोबीले बताए। बिशेष गरी सोमवार र बिहीवार यहा भिड लाग्ने गरेको उनले बताए। अनौठो आँपको रुख, सयममाई मन्दिर र हिन्दु र मुस्लिम समुदायले मान्ने मलंग बावाको प्रति समेत यही रहेकोले बलीडलावप्रति धार्मिक आस्था बढदै गएको उनी बताउँछन्।
आपको रुखको हाँगा माथि गई र सोही हाँगा फेरी जमिनमा झरी जमिनबाट फेरी हाँगा माथि सरेका छन्। करिब डेड सय बर्ष पुरानो आँपको रुखमा देबी देवताको शक्ती रहेको स्थानीय बुढापाखा बताउछन्। स्थानिय ब्यक्तीहरुले गरेको भाकल पुरा भए पछि आँपको रुखमा देबीको बास भएको बिश्वासका गरेको बताएका छन्।
स्थानिय बिशम्भर कुर्मीको ५ कठ्ठा जग्गामा मोटो मोटो आँपको हाँगा बिगा फैलिएको छ। आँपको रुख बिक्री गरे पछि रुख काट्न आउने मानिस बिरामी भै रुख काट्न नसकिने भए पछि रुख माथी बिश्वास भएको बताएका छन्। आँपको रुखको माथी समय माईको साया रहेकोले रुखको पुर्ब पट्टि समय माई देबीको सानो मन्दिर स्थानीयले बनाएका छन्।
बिशम्भर कुर्मीले ढाई दशक अघि ईटा भट्टालाई बेच्न खोजेका थिए। रुख काटने बेलामा हांगाबाट खसेर उनको हात भाच्चिएको थियो। अर्को पटक काट्ने प्रयास गर्दा माहुरीले टाकेको थियो। ‘रुख बेचेर धेरै पटक काटने प्रयास गरे तर परिवारमा केही न केही हानी नोक्नसी भई रह्यो’ रुख धनी कुर्मीले भने ‘रुखमा पुर्खाहरुको र दैबी शक्तिको बास रहेको जस्तो लाग्यो’। रुखको चारै तिर हांगाहरु फैलिएका छन्। केही हुरी आधीले खसे। तर पुरानो रुख अझै रहेको छ। रुख धनी कुर्मीले अब सो रुख नबेच्ने बताए।
उनले पुखौली निशानीकारुपमा रुखलाई संरक्षण गरी राख्ने बताए। उनका अनुसार स्थानीत जानतको तीन किसिसको आप रुखमा फल्ने गर्छ। रुखको महिमा बारे चर्चा भए पछि भारतको बिभिन्न स्थानबाट समेत रुख हेर्न आएको कुर्मीले बताए। रुखमा देबी शक्ति भएको भन्दै कुर्मीले रुखको किनारमा समयमाईको मन्दिर समेत स्थापना गरेका छन्। रुख र मन्दिरमा सोमवा र बिहीवार भक्तजनाहरुको भिड लाग्ने गरेको छ।
तौलिहवाका कृष्णकेश श्रेष्ठले रुखमा साक्षात देबीको बास भएको बताउँछन्। मंगलवारका दिन त्यहा जादा आफुलाई शान्तिको अनुभुति मिलेको र मनोकाक्षा समेत पुरा भएको बताए। ‘ बहडीलवा माईले मेरा मनोकाक्षा पुरा गर्नु भएको छ ’ उनले भने। बहडीलवामाईको दर्शन गरे पछि छुट्टै आनन्द मिल्छ, घर परिवारमा पनि फलिफाप भएको छ ’ उनले भने।
उता बहडीलवामा भारतबाट समेत भक्तजनहर आउने गरेका छन्। मन्दिरमा भाकल गरी हात्ती समेत चढाउने गरिएको छ। रुखको पश्चिम पट्टी मुस्लिम र हिन्दु दुबैले पुजआजा गर्ने मलंगवावा थान समेत रहेको छ। रुख हेर्न आउने भक्तजनाहरुले रुख, समयमाई मन्दिर र सो थानको पुजा गरी फर्कने गरेका छन्। तर त्यहा पुग्न बाटोघाटोको समस्या रहेको भक्तजनाहरु गुनासो गर्छन्। वडाध्यक्ष संदीप पाण्डेयले बहडीलवामा रहेको आपको रुख र समयमाई मन्दिरमा भक्तजनहरु आउने गरेको बताए।
उनले अहिले त्यहा बाटोघाटोको विकास सहीत मन्दिरको भौतिक विकास समेत गरिएको बताए। बुद्धुभमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले धार्मिक स्थलकारुपमा विकासित भएको बहडीलवा माई पुग्नकालागि बाटो निर्माणमा नगरपालिको बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे। किरणमान बज्राचार्यले नागरिक न्यूजमा समाचार लेखेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया