

एमाले कपिलवस्तुले भन्यो, ‘कपिलवस्तु र लुम्बिनी भारतीय नक्सामा राख्नु गम्भिर आपत्ति’



कपिलवस्तु । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपाली भुमि समेत समावेश भएको भन्दै नेकपा एमाले कपिलवस्तुले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
नेकपा एमाले कपिलवस्तुले एक विज्ञप्ति जारी गर्दै भारतले हालै जारी गरेको उक्त नक्सामा विश्व शान्तिका अग्रदूत बुद्धको क्रिडा स्थल कपिलवस्तु, बुद्ध स्थल लुम्बिनीको भुभाग समावेश गर्ने कार्यप्रति गम्भिर आपत्ति प्रकट गरिएको उल्लेख छ ।
एमाले जिल्ला अध्यक्ष डम्बर शर्माद्धारा जारी विज्ञप्तिमार्फत एमाले कपिलवस्तुले यस विषयमा नेपाल सरकारको औपचारिक धारणा सार्वजनिक गर्न समेत माग गरेको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शमर्का ओली नेतृतवको तत्कालिन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भुभाग अझै फिर्ता नभइसकेको अवस्थामा नेपाली भुमि फिर्ता ल्याउनुको साटो नेपाली भुमिलाई भारतको नक्सामा राखिनु छिमेकी प्रतिको हेपाहा प्रवृत्ति रहेको भन्दै यस विषयमा अफ्नो दलको आपत्ति रहेको एमाले कपिलवस्तुले जनाएको हो ।
यतिबेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमै रहेका बेला यस विषयमा संवेदनशील बन्न र भारत सँग गम्भिर आपत्ति प्रकट गर्न सक्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै







प्रतिक्रिया