

कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा





नारद कोहार / तौलिहवा
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी दिनुभयो ।
कैदमुक्त भएका १० जनामध्ये ३ सवारी ज्यान, २ कर्तव्य ज्यान, २ डाका, ज्यान मार्ने उद्योग, बहुविवाह र हातहतियार एक-एक जना कैद जीवन बिताइरहेका थिए । मुद्दा नकारात्मक सुचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनिले बताउनुभयो ।
कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनिले बताउनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल चार सय ९९ कैदी बन्दीमध्ये आज दश जना कैद मुक्त भएपछि बाँकी चार सय ८९ जना कैदी बन्दी कारागारमा छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया