

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै अर्घाखाँचीमा भयो प्रदर्शन


अर्घाखाँची ।अर्घाखाँचीमा भ्रष्ट्राचारीहरुलाई कार्वाहीको माग गर्दै शुक्रबार बिरोध तथा प्रर्दशन भएको छ । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कार्वाहीको माग गर्दै अर्घाखाँचीमा प्रर्दशन गरिएको छ । नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका अर्घाखाँचीका नेता टोपबहादर रायमाझीसहित कांग्रेस नेता बालकृष्ण खाँणलगायतलाई कारबाहीको माग गर्दै अर्घाखाँची कांग्रेसका भ्रातृ संगठनले सन्धिखर्कमा विरोधसभा आयोजना गरेका हुन ।
बीपी स्मृतिबाट सुरू भएको ¥याली सन्धिखर्क मेनरोड, बैंकरोड परिक्रमा गरेर शान्ति बगैंचामा पुगेर कोणसभा भएको थियो ।
नेपाल तरुण दल, महिला संघ, नेविसंघ र भूपू सैनिक संघले आयोजना गरेको कोणसभामा कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले नेपालीलाई नक्कली शरणार्थी बनाउनेलाई सरकारले सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया