

कपिलवस्तुका पालिकाले गर्दैनन् वेबसाइट अपडेट, अझै पनि २०६८ कै जनसङ्ख्या कायम





राजेन्द्र खनाल, कपिलवस्तु । सरकारले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेको दुई महिना बितिसक्दा पनि कपिलवस्तुका पालिकाहरुले आफ्ना वेबसाइटमा २०६८ सालकै जनसंख्या प्रकाशित गरिरहेका छन् ।
जिल्लामा प्रविधिको उच्चतम प्रयोगमा दाबी गर्ने अब्बल भनिएका पालिकाहरु नै प्रविधिको प्रयोग र अपडेटमा फितलो प्रर्दशन गरिरहेका हुन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको करिब दुई महिना भयो। गत चैत १० गते सरकारले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको थियो।
कपिलवस्तुका चार गाउँपालिका र ६ नगरपालिका मध्ये हामीले जाँच गरेका ७ वटा नगरपालिकामा यस्तो अवस्था फेला परेको हो । तीनवटा पालिकाले जनसंख्याको विवरण नै बेवसाइटमा राखेका छैनन् ।
नागरिकहरुको सहि सूचना सम्प्रेषण र पालिकाको गतिविधिबारे अधिक्तम जानकारी दिने प्रयोजनार्थ सरकारले हरेक पालिकालाई आफ्नौ वेबसाइट बनाएर संचालनमा ल्याउन दिएको छ । तर पालिकाहरुले सही तथ्याङ्क अपडेट नगर्दा पालिकाको काम गराइ फितलो साबित देखिएको हो ।

जिल्लाको बाणगंगा नगरपालिका सबैभन्दा अब्बल पालिकामा चर्चामा आउँछ तर यही पालिकाले आफ्नो बेवसाइटमा नगरको जनसंख्या २०६८ सालकै राखेको छ । यहाँ राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्या ९७ हजार १ सय १४ पुगेको भए पनि नगरपालिकाले पुरानै तथ्याङक राखेको पाइएको हो ।
यस्तै जिल्लाको बुद्धभुमि नगरपालिकामा पनि २०६८ सालकै जनगणना बेवसाइटमा राखिएको छ । यहाँको नयाँ जनसंख्या ७७ हजार २ सय ८१ हो । तर पालिका यस विषयमा बेखबर देखिएको छ ।

पालिकाहरूमा सूचना तथा सञ्चार प्रविधि अधिकृतसरहको दरबन्दी छ तर पालिकामा भने वेबसाइट नै अपडेट गरिएका छैनन्। यसले पालिकाहरू प्रविधिमा अझै पनि अपडेट नरहेको देखाउँछ।
कपिलवस्तुमा शिवराज नगरपालिकाले आफ्नो नगरको बेवसाइटमा नगरभित्रको जनसांखिकी विवरण नै उल्लेख गरेको छैन । यो नगरपालिकाले नगर चिनारी, भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण र राजनितिक अवस्थितिका बारेमा परिचय राखेको भए पनि नगरपालिकामा कति जनसंख्या छ भनी तथ्याङ्क खोज्नेहरुलाई बेवसाइटमा भेटिदैन ।
यस्तै जिल्लाको कपिलवस्तु नगरपालिकाले घरधुरी सर्वेक्षण २०७६ अनुसार बेवसाइटमा राकेको भए पनि राष्ट्रिय जनगणना २०७८ अनुसारको नयाँ जनसंख्या विवरण राखेको छैन ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले समेत २०६८ कै जनगणना बेवसाइटमा राखेको छ । यो नगरपालिकाले पनि बेवसाइट अपडेट अझै गरेको छैन । यस्तै जिल्लाको कृष्णनगर नगरपालिकाले समेत वेबसाइटमा जनसंख्या विवरण राखेको छैन । यो नगरपालिकाले नगरको परिचय अन्र्तगत अन्य विवरण अपडेट गरेको भए पनि नयाँ तथ्याङ्क सहितको जनसंख्या विवरण बेवसाइटमा उल्लेख नगरेको हो ।
यस बाहेक जिल्लाका चारवटै गाउँपालिका पनि यस विषयमा अनविज्ञ देखिएका छन् । जिल्लाका मायादेवी, विजयगनर, यशोधरा र शुद्धोधन गाउँपालिकाले आफ्नो बेवसाइटमा पालिकाको जनसंख्या पुरानै राखेको छन् । कतिपयले जनसंख्या विवरण नै उल्लेख गरेका छैनन् ।
पालिकाहरुले संचालन गर्ने बेवसाइट नै समयमा अपडेट नहुँदा नागरिकहरुले सहि सूचना अनलाइनबाट पाउन मुसिक्ल देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु जिल्लाको जनसंख्या ६ लाख ८६ हजार ७ सय ३९ रहेको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया