

अर्घाखाँचीका ५ पालिकासँग छैन दमकल, सन्धिखर्कले पुरै जिल्ला हेर्नुपर्ने बाध्यता





राजेन्द्र खनाल, कपिलवस्तु । अर्घाखाँची जिल्लामा रहेका ६ वटा पालिका एउटै दमकल (वारुणयन्त्र) को भरमा चलिरहेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको एउटा दलमलले पुरै जिल्लामा हुने आगलागीका घटना नियन्त्रणमा ल्याउने काम गरिरहेको हुन्छछ । जिल्लाका अन्य पाँच पालिकामा दमकल नै छैनन् ।
‘विपत्ति बाजा बजाएर आउँदैन ।’ तर आकस्मिक आइपर्ने त्यसता विपदमा अकस्मिक रुपमै परिचालित हुनुपर्ने यन्त्र समेत नहुँदा अर्घाखाँचीमा अहिले सम्म भएका आगलागीका घटनाले ठूलो जनधनको क्षेती पु¥याइरहेको छ । तर स्थानीय तहहरुले भने आफ्नै दमकल खरिदमा अहिले सम्म चासो दिएको पाइएको छैन ।
फागुन देखि जेठ सम्मको समय अध्यातिक आगलागीको जोखिमको महिना हो । तर पालिकाहरु यस विषयमा आफ्नै दमकल खरिद गर्ने र आगलागीका घटना नियन्त्रणमा पिडितलाई सघाउने विषयमा उदासिन छन् ।
यस वर्ष अर्घाखाँचीमा भएका आगालागीका घटनामा जन धनको ठूलो क्षेती भएको छ । अहिले सन्धिखर्क नगरपालिकासँग मात्रै आफ्नै दमकल छ । तर यो दमकल पनि आठ वर्ष पुरानो भइसकेको छ । नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठका अनुसार एउटा दमकलले सबै जिल्ला हेर्नुपर्ने बाध्यता छ । सन्धिखर्क नगरपालिकाको दमकलले नजिकका पालिकाहरु भुमिकास्थान, छत्रदेव र पाणिनीमा मुख्य रुपमा सेवा दिदै आएको नगर प्रमूख श्रेष्ठले साझाकुरासँग बताए । यस बाहेक यी पालिकामा समस्या नभएका बेला जिल्लाका अन्य पालिकामा आगलागीका घटना भएको अवस्थामा त्यहाँ पनि सहयोग गरिएको उनको भनाई छ । उनले भने, ‘सधै यसैगरी चलाउन सकिदैन, पालिकाहरुले आफ्नै दमकल खरिद गर्नुपर्छ । विपद व्यवस्थापन समितिमा पनि मैले यस विषयमा प्रष्ट सँग भनेको छु ।’
शनिबार मात्रै पनि सन्धिखर्कको दमकल छत्रदेव गाउँपालिकामा आगलागी भएपछि पठाइएको उनले जानकारी दिएका छन् । केही दिन अघि भुमिकास्थान नगरपालिकामा आगलागी हुँदा पनि सोही दमकल प्रयोग भएको थियो । जिल्लामा एकैपटक धेरै ठाउँमा आगालागीका घटना हुदा समस्या आउने गरेको उनको भनाई छ । सन्धिखर्क नगरपालिकाले यो दमकल २०७२ सालमा खरिद गरेको थियो । त्यो भन्दा अघि जिल्ला नै दमकल विहिन थियो ।
यस्तै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत नुमलाल पन्थीले आउँदो वर्षको बजेटबाट सबै पालिकाले दमकल खरिद गर्न निर्देशन गरिएको बताएका छन् । पालिकाहरुले बजेट नै छुट्टाएर आफ्नै दमकल खरिद नगर्दा सम्म अहिलेको समस्या समाधान नहुने भन्दै उनले एउटा दमकलले सबै जिल्ला हेर्न नसक्ने साझाकुरासँग बताए । यस विषयमा सबै पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरिएको र आउँदो बजेटमा दमकल किन्न निर्देशन भएको जानकारी दिए । अहिले सन्धिखर्क नगरपालिकाले आफ्नै खर्चमा सबै पालिकालाई हेर्ने गरेको छ ।
जिल्लाभरमा आगलागी हुने जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न नसकेका कारण अर्घाखाँचीमा आगलागीका घटनाबाट ठूलो क्षेती हुने गरेको छ ।
वन जंगलमा लागेको आगो निभाउन सडक अभावले त्यती सम्भव नदेखिएपनी दमकल हुँदा गाउँबस्ती जोगाउन महत्वपुर्ण साबित हुन्थ्यो ।
डिभिजन बन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा यो वर्ष ५३ ठाउँमा आगलागी भएको छ । यस वर्ष अर्घाखाँचीका १ हजार चारसय भन्दा धेरै हेक्टर क्षेत्रफलमा आगलागी भएको उल्लेख छ ।
गत मंगलवार मात्र एकै दिन भुमिकास्थानको तिरतिरेसंगै सन्धिखर्कको वाङला, पाणिनीको पोखराथोकमा पनि आगलागी भएको थियो । सन्धिखर्कमा लागेको आगोले मानविय क्षती नभएपनि ५ ओटा भैंसी, ३ वटा बाख्रा र झन्डै १ हजार कुखुरा जलेर नष्ट भएका छन् । दुई घर र तिन ओटा गोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर तथा बस्तीहरु क्षती हुन बाट जोगिएका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया