बाणगंगा ८ स्थित खानेपानी संस्थामा बेथिति, पाउदैनन् उपभोक्ताले पानी, छैन वर्षाैको लेखा परिक्षण

बाणगंगा ८ स्थित खानेपानी संस्थामा बेथिति, पाउदैनन् उपभोक्ताले पानी, छैन वर्षाैको लेखा परिक्षण
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ उदपुर स्थित मोतिपुर खानेपानी तथा सरसपाई उपभोक्ता समितिको आन्तरिक विवाद र समस्याका कारण यहाँका सयौँ उपभोक्त मारमा पर्ने गरेको पाइएको छ । उपभोक्ता समिति र कार्यरत कर्मचारीको आन्तरिक विवादका कारण यहाँका ५ सय ८० उपभोक्ता नियमिति पिउने पानीको उपभोग गर्नबाट बञ्चित हुने गरेको पाइएको हो ।

खानेपानी समितिको स्थापनाकाल देखि नै कर्मचारीको रुपमा रहेका अपरेटर भिमलाल पाण्डेको चरम लापरवाहीका उपभोक्ताहरु यतिबेला गर्मीयामको समयमा दिनहु समस्या भोग्नु परेको गुनासो छ । यो खानेपानी संस्था विगत ७ वर्ष देखि लेखापरिक्षण समेत हुन सकेको छैन । संस्थाको अध्यक्ष कमलकान्त भट्टराई रहेका बेला पाण्डेले हिसाब किताब गोलमाल पारेको जनाइएको छ । हाल भट्टराई उपचारार्थ अमेरिकामा छन् । उनले समितिको कार्यवाहक अध्यक्षको जिम्मा पार्वती थापालाई दिएका छन् ।

अपरेटर पाण्डे खानेपानीमा कार्यरत रहेता पनि उनले खानेपानी संस्थाको हित बिपरीतका कहियौ काम गरेको आरोप लागेको छ । खानेपानी उपभोक्ता समितीमा उजुरी दिनहु कार्यालय र समिती समक्ष पुग्दा समेत समितीले कर्मचारी पाण्डे कै लापरवाहीका कारण खानेपानी संस्थाको बदनाम भएको समितीकी कार्यवाहक अध्यक्ष पार्वती थापाले बताउनु भयो ।

यता वाणगंगा नगरपालिका वडा नं। ८ ढोडेकोल ठुटेनी टोलकी खानेपानी उपभोक्ता शान्ती राना र हुमा पाण्डेले समयमा पानी नपाए पछि ३ महिना सम्म पानीको बिल नबुझाएर कार्यलयमा तालाबन्दी गर्नका लागि पुगेको र ध्यानाकर्षण पत्र पेश गर्दा पनि त्यसको कुनै समाधान नभएको गुनासो गरेका छन् । यस्तै उनीहरुले अपरेटर पाण्डेलाई सोही गुनासो गर्दा अन्य खानेपानी ट्ङ्गकीको पानी जडान गर्न भन्दै आफुलाई धम्की दिएको उनीहरुको भनाई छ । ढोडेकोल र मोर्मी टोलका अधिकांस उपभोक्ता खानेपानी संस्थाले नियमित प्रवाह गर्ने खानेपानीमा आस्रित भएता पनि यी उपभोक्ताहरु हाल भने अपरेटर पाण्डेको लापरवाहीले दुख पाइरहेको बुझिएको छ ।

पाण्डेले त्यती मात्र होईन विगत ५ बर्ष सम्म आफुले अपरेटर देखि पानीको बिल काट्ने सम्मका सम्पुर्ण काम गरेको समयमा संस्थाको पैसा दुरुपयोग तथा हिनामिना गरेको आरोप लागेका कारण हाल बिलकाट्ने जिम्मेवारी उनीबाट खोसिएको बताइएको छ ।

पाण्डे स्थानीय समेत हुन । उनी विभिन्न धार्मिक कार्यमा समेत सहभगि हुने गर्दछन् । खानेपानीको अपरेटरको भुमिकामा भन्दा बढी आफ्ना घरायसी काममा बढी व्यस्त हुने गरेका कारण स्थानीयले दैनिक पिउने पानीको अभाव खेप्नु परेको गुनासो गरेका छन् ।

उनले आफूले विल काटेको हिसाब समेत स्पष्ट पार्न नसेकका कारण हाल संस्थाको लेखा परिक्षण समेत वर्षौ देखि रोकिएको संस्थाको कार्यसमितिले जनाएको छ । कमल कान्त भट्टराई अध्यक्ष रहेका समयमा ५ बर्षको हिसाव किताव गोलमाल पारेको उनीमाथी उपभोक्ताले आरोप समेत लगाउदै आएका छन् । अध्यक्ष भट्टराई स्वास्थ्य समस्याका कारण उपचारका लागि अमेरीकामा रहेकोले कार्यवाहक अध्यक्षको जिम्मेबारी पार्वती थापालाई दिईएको छ ।उनी हाल अपरेटरको रुपमा मात्रै कार्यरत छन् । संस्थाका उपभोक्ताबाट आउने गुनसा माथि समेत उनले ठाडो जवाफ दिने गरेको र आगामी कार्यकालमा आफैले संस्थाको नेतृत्व लिने बताउने गरेको स्थानीयको भनाइ छ ।

यस्तै उनले आफू उपस्थित नभई अन्य स्थानीयलाई युवाहरुलाई ज्यालादारी दिनको एक सय रुपैँयाका दरले काममा लगाउने गरेको समेत आरोप छ । यस विषयमा समितिलाई समेत जानकारी हुँदा पनि उनी संस्थामाथि हावी भएको समितिकै एक पदाधिकारीले बताए ।

२०५९ सालमा सूरुवात भएको मोतिपुर खानेपानी तथा सरसपाई उपभोक्ता समिति २०६६ सालमा नेपाल सरकारले उपभोक्ता समितीलाई हस्तान्तरण गरेको थियो । सोही बमोजिम २०७३ सालमा फागुन १५ गते गठन भएको समिती हाल निस्कृय रहदा यस्तो अवस्था आएको हो । हाल यो उपभोक्ता समितिका ५ सय ८० सदस्य रहेका छन् ।

यता अपरेटर रहेका पाण्डेले आफूले स्थापना काल देखि काम गर्दै आएको भन्दै यो विषय धेरै लामो रहेको बताए । केही उपकरणजन्य समस्याका कारण पानि केही ठाउँमा नियमित नगएको उनको भनाई छ ।

प्रतिक्रिया

खबर सबै