

मोतिपुर–लक्ष्मणघाट–बुद्धमार्ग विद्युत प्रसारण लाइनमा अवरोध, स्थानीयले बनाए संघर्ष समिति





कपिलवस्तु । घना मानव बस्तीबाट हाइटेन्सन लाइन –विद्युत) विस्तर हुन लागेको भन्दै कपिलवस्तुको बाणगंगाका स्थानीयले बिरोध जनाएका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन वडा नम्बर ६ को लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
कपिलवस्तुको बाणगंगा ६ र कपिलवस्तु नगरपालिका ९ का बासिन्दाले संघर्ष समिति बनाएर सो प्रसारण लाईन अन्य क्षेत्रबाट लैजानुपर्ने भन्दै विकल्पसहित प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरण तौलिहवा शाखा , कपिलवस्तु नगरपालिका वडा नं ९ र १० तथा बाणगंगा नगरपालिका, र वडा नं ६ मा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका उपाध्यक्ष लेम बहादुर गुरुङ्गले जानकारी दिए ।
दुई वडाको भेलाले गणेश पौडेललको अध्यक्षतामा १७ सदस्य संघर्ष समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा लेम बहादुर गुरुङ्ग, सचिवमा इन्दर हरिजन, कोषाध्यक्षमा लक्ष्मी बेल्वासे पौडेल, लगाएत अन्य सदस्यमा रहेका छन् ।
संघर्ष समितिले घना मानव बस्ती क्षेत्रबाट सो प्रसारण लाईन विस्तार गर्दा ठुलो क्षेती पुग्ने भन्दै कम क्षती हुनेगरि अन्य क्षेत्र अपनाउनुपर्ने बताएका छन् । यदी त्यसो नभए जस्तो सुकै चुनौती समेत सामना गर्न जनता तयार हुने बताएका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया