

आगलागीमा परी चार जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट




कपिलवस्तु । पछिल्लो २४ घण्टाको अवधिमा देशभका विभिन्न स्थानमा भएका आगालागीका घटनामा परि ४ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् भने करोडौँको धनमाल जलेर नष्ट भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार कपिलवस्तुसहित देशका विभिन्न जिल्लामा आगलागीका घटना भएका हुन ।
यस्तो छ २४ घण्टामा देशभर आगालागीको विवरण
जाजरकोट : भेरि नगरपालिका(७ पाथीहाल्ना सामुदायिक वनमा बिहीबार बिहान लागेको आगो निभाउने क्रममा जलेर सोही नगरपालिका रुपाकोट बस्ने ४९ वर्षीय दलजिते कार्कीको बिहीबार बिहान मृत्यु भएको छ ।
पाँचथर : फाल्गुनन्द गाउँपालिका(१ लाक्सेबुङ जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने प्रेम नेम्वाङको घरमासमेत आगलागी हुँदा उक्त आगलागीमा पारी उनकै छोरा ३२ वर्षीय मन कुमार नेम्वाङको मृत्यु भएको छ । साथै आगलागीबाट प्रेमको घर जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुम : छथर गाउँपालिका(३ पञ्चकन्या बस्ने तुलसीजंग थापाको बाँसघारीमा बिहीबार बिहान लागेको आगो निभाउने क्रममा जलेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीया दिल कुमारी भुजेल र उनकै छोरा १४ वर्षीय भुपेन्द्र भुजेल रहेका छन् । आगलागीबाट तुलसीजंगको घर जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी तेह्रथुम छथर गाउँपालिका(४ फाक्चामारास्थित खौवा सामुदायीक वन र घुम्ती सामुदायीक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नगेन्द्र बहादुर विकसहित २ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर जलेर करिब १६ लाख ७६ हजार ६ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी तेह्रथुम, म्यङलुङ नगरपालिका(१० सुस्लिङस्थित सुस्लिङ सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लालकुमार लिम्बु र भिममाया लिम्बुको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर पूर्णरुपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया : मधुवन नगरपालिका(१ कैलासी बस्ने गोरी रोकायको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा सोही घरसँग जोडिएका ७ वटा घर पूर्णरुपमा जलेर करिब ३३ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दिया, गुलरीया नगरपालिका(४ बस्ने गोपाल वलीको घुम्तीमा किराना पसल र फ्रेस हाउस पसलमा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, ताप्लि गाउँपालिका(५ कटहरे जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने तुल बहादुर जिउ मगरसहित २ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
इलाम : माई नगरपालिका(२ बस्ने ४८ वर्षीय पुर्ण बहादुर माबो लिम्बुको घरमा बिहीबार आगलागी हुँदा लत्ताकपडा, खाद्यन्न, फर्निचरका लगायतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, कोल्हबी नगरपालिका(५ आसामटोल बस्ने ६५ वर्षीय बिष्णु रेग्मीको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु : विजयनगर गाउँपालिका(७ मननगर बस्ने कनैराम हरिजनसहित ४ जनाको घर र गोठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया