

देशका १ सय ५० ठाउँमा डढेलो, अझै फैलिने सम्भावना





काठमाण्डाै
आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८, कञ्चनपुर र सल्यानका ६, खोटाङ, दाङ र अर्घाखाँचीका ५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो लागेको छ ।
यसैगरी, मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २/२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाण्डौ, काभ्रे, गुल्मी र भोजपुरका एक/एक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ । अर्घाखाँचीमा गएको मङ्गलवार आगलागी हुँदा एकै गाउँका चार जना र दैलेखमा अस्ति वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको छ भने घाइते सात जनाको उपचार भइरहेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।
गएको १६ गतेदेखि झण्डै एक हप्ता पानी पर्दा डढेलोका घटना कम भएको थियो । तर त्यसपछि भने घाम चर्किन थालेको छ । गर्मी बढेको छ । यसले आगलागी र डढेलोका घटना बढेका छन् ।
धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् । यस्तै, सुरक्षाको उपायविना डढेलो लागेको ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माको सुझाव छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया