
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन कपिलवस्तुका दुई पालिकामा सुझाव पत्र पेश

कपिलवस्तु । आउँदो आर्थिक वर्षको नयाँ बजेट र नयाँ निति तथा कार्यक्रमले शिक्षा क्षेत्रलाई प्रथामिकताका साथ समेट्न माग गर्दै कपिलवस्तुका दुई पालिकामा सुझाव पत्र पेश गरिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसी) ले सबै स्थानीय तहमा आउदो वर्षको बजेटमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा बजेट छुट्याउनु पर्ने भन्दै यहाँका पालिकाहरुमा पुगेर सुझाव पत्र पेश गरेको हो । बिहिबार जिल्लाको बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिमा सुझाव पत्र पेश गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष बाबुराम रायमाझीले जानकारी दिएका छन् । उनले यस अघिका वर्षहरुमा स्थानीय तहहरुले आफ्नो भित्रको शैक्षिक गुणस्तर सुधार गर्ने तर्फ त्यति ध्यान नदिएका कारण शैक्षिक क्षेत्र कमजोर बनिरहेका बेला कम्तिमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमै छुट्टाउनुपर्ने बताए ।
एनसीले बाणगंगा नगरपालिकामा मेयर चक्रपाणी अर्याल र बुद्धभुमि नगरपालिकामा उप मेयर मिरा थारुलाई सुझाव पत्र बुझाएको हो । जिल्ला अध्यक्ष रायमाझीसहित सनसाइन समाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव र नेपाल पत्रकार महासंघका जिल्ला शाखा उपाध्यक्ष हरि अधिकारीको समेत उपस्थिति रहेको थियो ।
सुझाव पत्र ग्रहण गर्दै दुबै पालिकाका जनप्रतिधिहरुले आउँदो बजेटमा शिक्षा क्षेत्रलाई प्राथामिकता साथ सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन् । अहिले पनि पालिकाको शैक्षिक विकासमा नगरपालिकाले राम्रै बजेट राखेर काम गरेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताएका थिए ।
यस्तै अभियानका जिल्ला अध्यक्ष रायमाझीले कपिलवस्तुका सबै पालिकामा पुगेर जनप्रतिनिहरुलाई यस विषयमा सुझाव पत्र दिने केन्द्रिय कार्यक्रम रहेको जानकारी दिएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया