

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसी नियुक्त

दाङ । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसी नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास विज्ञ केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।
लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि हुन् । केसी तुलसीपुर उपमहानगरपालिका ६ का स्थायी बासिन्दा हुन् ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया