

जंगलमा लागेको आगो गाउँमा पस्यो, निभाउने क्रममा जलेर ५ जना घाइते



अर्घाखाँची । अर्घाखाँचीको एक वन क्षेत्रमा लागेको आगो गाउँपा पसेपछि निभाउने क्रममा जलेर ५ जना घाइते भएका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो गाउँमा पसेर घरमा आगालागी हुँदा ५ जना घाइते भएका हुन ।
जंगलमा लागेको आगो स्थानीय ५५ वर्षीय पदम बेल्वासेको घरमा सल्केको थियो । त्यसपछि उनी आगो निभाउन खोज्दा घाइते भएका छन् । उनीसँगै आगो निभाउने क्रममा उनका चार जना छिमेकी घाइते भए ।
घाइते हुनेमा ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे र २६ वर्षीय अस्मिता बेल्वासे रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
आगोलो शरीरका विभिन्न ठाउँमा जलेको छ । अर्घाखाँची अस्पतालबाट थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको स्वास्थ्यकर्मी अशोक चौहानले बताए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया