

प्राचीन तिलौराकोट दरबारमा ल्याइयो बोधिसत्तव सिद्धार्थको मूर्ति





कपिलवस्तु : मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट ल्याइएको छ ।
सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन (शनिबार) लुम्बिनीबाट प्राचीन कपिलवस्तु ल्याइएको हो । त्यही दिनको प्रतिकका रूपमा लुम्बिनीबाट बोधिसत्त्व सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्तव सिद्धार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्त्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया