बाणगंगा नगरपालिकाले राख्ने भयो ‘नगर प्रहरी’

ई–साझाकुरा,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आफ्नै नगर प्रहरी राख्ने भएको छ । लामो समय देखि चर्चामा रहेको नगर प्रहरी राख्ने बाणगंगा नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।

नगरपालिकाको सुरक्षार्था खटिने नगर प्रहरीको जागिरका लागि आवेदन खुल्ला गरिएको जनाइएको छ । यसका लािग नगरपालिकाले नगर प्रहरी हवल्दार पदका लागि एक जना र नगर प्रहरी जवानका लागि ४ जनाको पद सिर्जना गरी दरखास्त आह्वान गरेको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार नगर प्रहरी राख्न सक्ने अधिकार स्थानीय तहलाई रहेको छ । सोही अधिकारको प्रयोग गरी बाणगंगा नगरपालिकाले नगर प्रहरी राख्न लागेको हो । नगरपालिका भित्रका संस्कृतिक तथा प्राकृकितक सम्पदाको सरक्षण र सुरक्षार्थ नगर प्रहरीलाई खटाइने छ भने नगरभित्रका विभिन्न विपदजन्य घटना र त्यसको न्यूनिकरणका लागि पनि नगर प्रहरीको भुमिका महत्वपूण रहने जनाइएको छ ।

चालु आर्थिक वर्षका लािग नगरपालिको नगर प्रहरी राख्नका लागि बजेटको समेत व्यवस्था गरेको छ । बाणगंगा नगरपालिकाको नवौँ नगरसभाबाट नगर प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत गनरपालिले पारित गरेको छ । सोही विधेयममा निहित रहि नगर प्रहरी राख्न लागिएको हो ।

प्रतिक्रिया

खबर सबै