

कपिलधामबाट प्रेस चौतारी नेपालको ८ बुदे घोषणा पत्र जारी





हरि आचार्य, कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुले ८ बुदे घोषणा पत्र जारी गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको कपिलधाममा संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न ८ औं साधारण सभाले ८ बुदे घोषण पत्र जारी गरको हो । घोषणा पत्र तयार पार्नका लागि संयोजकको रुपमा पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेलाई जिम्मा दिईएको थियो भने सदस्यहरुमा प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य शरद अधिकारी, पुर्व जिल्ला अध्यक्ष हरि अधिकारी र उपाध्यक्ष गीता पौडेल रहनुभएको थियो ।
घोषणा पत्रमा नेपाल पत्रकार महासंघ केन्द्रद्धारा थालनी गरिएको सदस्यता शुद्धिकरण अभियान प्रति प्रेस चौतारी जिल्ला शाखा हार्दिक स्वागत गर्दछ र अक्षरस पूर्ण कार्यान्वयनका लागि जोडदार माग गर्नुका साथै लुम्बिनी प्रदेश सरकारद्धारा हालै गठन गरिएको सञ्चार समन्यव परिषदका पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । त्यस्तै पत्रकार सम्बद्ध श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, कपिलधाम लगायतका कपिलवस्तु जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थलहरुको प्रचार प्रसार एवम् प्रवर्धनका निम्ति प्रेस चौतारी नेपालका सदस्यहरु क्रियाशिल रहने र सरोकारवालाको प्रवद्र्धनका निम्ति ध्यानाकृष्ट गराईएको छ । पत्रकार भित्र मौलाइ रहेको विकृति, विसंगती र छाडा प्रबृतिको विरुद्ध सम्पुृर्ण श्रमजीवी पत्रकारहरु एक ढिक्का भई सुशासन, जवाफदेही र जिम्मेवार पुर्वक आफनो काम प्रति निष्ठा सहित मर्यादित पत्रकारिताका लागि सवै प्रेस चौतारीसँग आवद्ध पत्रकारहरुको ध्यानाकर्षण गर्नुका साथै राष्ट्रिय सूचना तथा संचार प्रविधी दिवस २०२३ मनाइरहेको सन्दर्भमा सरकारले संचारको क्षेत्रमा पर्याप्त लगानी गरी आम संचारमाध्यमलाई प्रविधी मैत्री बनाउने नीति कार्यक्रम र बजेट ल्याउन समेत जोडदार माग गरिएको छ ।
त्यस्तै घोषणा पत्र मार्फत सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभिभारा पुरा गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज, संचार क्षेत्र एकताबद्ध भई आर्थिक विकासका आधार तयार गर्न आ आफनो क्षेत्रबाट योगदान गर्न सवैपक्षसंग आग्रह गर्दै कपिलवस्तुको समृद्धि र विकासका लागि संचार क्षेत्रलाई सुदृढ बनाउदै सरकारको सेवा प्रवाहमा सहजता, सरलता र प्रभावकारी बनाउदै सुशासन सहितको दिगो विकासमा जोडदिन सम्पूर्ण सरोकारवालाहरुलाई आवहन समेत गरिएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया