

हटाइयो कपिलवस्तुमा सडक अतिक्रमण गरि बनाइएका घर टहरा





कपिलवस्तु । कपिलवस्तु नगरपालिका अन्तर्गत तौलिहवा–बहादुरगंज सडकखण्डको वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ । कोदाहवा चौराहाको सडक क्षेत्रमै घर टहरा र टङ्की भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन नगरपालिकाले बैशाख १४ गते निर्णय गरिएको थियो ।नगरपालिको जेसीबीले अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो ।
अतिक्रमण हटाउन कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, हुलाकी सडक र बाणगंगा सिचाई प्रणालीका कर्मचारीहरू जेसीबी लिएर आइतबार बिहान चौराहामा पुगेका थिए ।
सडक अतिक्रमण गरी बनाइएका ५ घरटहरा तथा सरकारी र बाणगंगा सिंचाई प्रणालीको जग्गामा बनाइएका ७ घरटहरा समेत हटाइएको नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सूचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थियो ।
नगरपालिकाले पटक पटक सूचना जारी गर्ने र खाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर यो कदम चाल्नु परेको मेयर सुदीप पौडेलले बताए । ‘ दिनहुँ जसो चौराहामा दुर्घटना हुने गर्थ्यो तर अब भने त्यहाँ दुर्घटनामा कमी हुन्छ’ उनले भने । अतिक्रमण हटाउने कार्यमा कोदाहवा चौराहावासीले समेत साथ दिएका थिए । प्रजीअ शङ्कर हरि आचार्यले कोदाहवा जस्तै अन्य स्थानको अतिक्रमण समेत हटाइने बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया