

कपिलवस्तुमा अख्तियारमा उजुरी दिने फेसन नै चलेको छ : मेयर पौडेल ।



सागर वि.क/कपिलवस्त
कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले स्थानीय तहमा उजुरी लाग्ने प्रवृति चलेको बताएका छन् । पालिकाहरुलाई अनावश्यक दुःख दिन पछिल्लो समय अख्तियारमा उजुरी दिने फेसन नै चलेको उनको भनाई छ । रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बाणगंगा नगरपालिका ४ ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा आयोजना गरेको शुसासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अख्तियारमा उजुरी पर्दैमा स्थानीय तह सुशासन कायम गर्न असक्षम भएको प्रमाणित नहुने दाबी गर्दै उनले भने, ‘उजुरी उपर आवश्यक अनुसन्धान हुन्छ । यसै उजुरी परेकै आधारमा पालिका सुशासनमा कायम गर्न असक्षम भयो भन्ने हुदैंन् ।’
मेयर पौडेलले कपिलवस्तु नगरपालिकाका सरकारी विद्यालयले कुनै पनि बाहनामा अनावश्यक शुल्क लिन नपाउने निर्णय गरेर कार्यान्वयको चरणमा रहेको बताए । उनले आर्थिक बर्ष २०७९÷८० मा नगरपालिकाले ८१ लख रुपैयाँ अनुदान स्वरुप रकम दिएको बताए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सार्वजनिक विदाका दिन पनि जिल्ला प्रशासन कार्यालय खुल्ला गरेर नागरिकलाई सुशासनको प्रत्याभूमि दिलाउन लागिपरेको बताए । उनले पत्रकारले नकारात्मक समाचारलाई प्राथमिकता दिएर लेख्ने गरेको तर सकारात्मक समाचारहरु कम सम्प्रेषण गर्ने गरेकोमा असन्तुष्टि जनाए । उनले नेपालको भविष्य वनजंगल, नदीनाला र जमिनमा रहेको बताए ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कपिलवस्तुका जनताले सुशासनको प्रत्याभूति गर्न नसकेको बताएका थिए । सुशासन कायम गर्न स्थानीय तहका जनप्रतिनिधिसंगं अन्य सरोकारवालाहरु निकायहरु थ्प जिम्मेवार बन्न आवश्यक रहेको उनीहरुको भनाई छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया