

कल्भर्टको दुरदर्शाले बाणगंगा ८ को सडक बन्यो दुर्घटना जाेखिम





कपिलवस्तु । कपिलवस्तको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित एक सडक अहिले दुर्घटना जोमिखयुक्त बनेको छ । सडकमा बनाइएको कल्भर्ट भत्किए पछि उक्त सडक भएर यात्रा गर्नेहरु दुर्घटनाको उच्च जोखिमा पर्ने देखिएको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित चप्परगाउँ– मोर्मी सडक खण्डको ढोडेकोल गाउँमा रहेको उक्त कल्भर्टमा प्वाल परेर जोखिमयुक्त बनेको करिब तीन महिना भन्दा बढी भयो । तर पुनः निर्माण र मर्मत सम्भारको काम हुन सकेको छैन । उक्त स्थानमा बाक्लो मानवीय बस्ती समेत रहेका छ भने कल्भर्ट भाचिएको स्थानमा घुमाउरो सडक समेत छ । खासगरी रातिको समयमा उक्त स्थान दुर्घटनाको उच्च जोखिममा पर्ने देखिएको स्थानीयले बताएका छन् । वडा नम्रब ८ को कार्यालयले समेत उक्त कल्भर्ट निर्माण र मर्मतका लागि खास चासो दिएको पाइएको छैन ।
वडा नम्बर ८ स्थित ढाेडेकाेल टाेल विकास संस्थाका अध्यक्ष यमलाल भुषालले वडाबाट अहिले बनाउने याेजना नरहेकाे बताए । उनका अनुसार स्थानीय त्रिशक्ती सामुदायिक वन समितिले बनाउने आश्वासन दिएकाे भए पनि कनमकाे सुरसार छैन । उनले भने “जाेखिम त छ तर के गर्ने अहिले तत्काल बनाउने याेजना छैन, वनले आश्वासन दिएको छ । वडामा पैसा छैन, त्यसैले अलपत्र छ ।”
यो सडक भएर दैनिक वातावरणमैत्री ई रिक्सा, विद्यालय बस, मोटरसाईल तथा ट्याक्टर र साइकल यात्रीहरु बढी यात्रा गर्ने गर्दछन् । कल्भर्टको एक भाग नै पूर्ण रुपले क्षेती भएपछि अहिले एक किनारबाट मात्रै यात्रुहरु हिड्ने गरेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया