

विजयनगरका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण





कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५, सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । गएको बिहीबार उक्त स्थानमा आगलागी हुँदा ७ घर, ११ गोठ र ५ भान्सा जलेर नष्ट भएको थियो । २ वटा पक्की घरमा क्षति पु¥याएको थियो ।
जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर रेडक्रस सोसाइटी शाखा र विजयनगर गाउँपालिकाले तत्कालै राहत प्रदान गरेका हुन् । रेडक्रसले आगलागि पीडित २५ परिवारका लागि त्रिपाल एकएक थान, ब्लयांककेट दुई थान, कपडा र भाँडाकुँडा सेट एक÷एक थान वितरण गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।
त्यस्तै, विजयनगर गाउँपालिकाले बढी क्षति भएका ९ घरमा ५ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ । यसले उनीहरुलाई साँझ बिहानको छाक टार्न सहज भएको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको थियो ।
शिवराज र कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उक्त स्थानमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रण आएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया