

बाणगंगा ८ को नर्सरीमा आगलागी, दमकलको सहायताले आगो निभाइयो





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित उदयपुरमा लागेको आगो दमकलको सहायताले आज (बुधबार) दिउसो नियन्त्रणमा लिएको छ । अत्याधिक गर्मी मौसमका बिच बुधबार दिउसो करिब १ बजेको समयमा उक्त नर्सरीमा आगोलागि भएको हो ।
उदयपुर खानेपानी क्षेत्रको नर्सरीमा दिउसो एक्कासी लागेको आगोले नर्सरी क्षेत्रबाट मानवीय वस्ती समेत जोखिममा परेका बेला बाणगंगा नगरपालिकाको दलमकल र स्थानीय तथा जनप्रतिनिधिहरुले आगो नियन्त्रणमा लिएको वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले जानकारी दिनुभयो ।
उक्त नर्सरी क्षेत्रमा किन र कसले आगो लगायो भन्ने अझै खुलेको छैन । नर्सरीको दक्षिण र पश्चिममा मानवीय वस्ती क्षेत्र रहेका कारण जोखिमपूर्ण रुपमा रहेको भए पनि कुनै मनवीय तथा बस्ती क्षेत्रमा क्षेती नभएको वडा सदस्य बेल्वासेले बताउनुभयो । नर्सरीको करिब ८ बिगाह क्षेत्रमा आगो लागेको थियो । समयमै नगरपालिकाको दमकल आएपछि आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
अत्यधिक गर्मी र सुख्खा मौसमका बेला वन तथा नर्सरीहरुमा हुने डढेलोका कारण वन क्षेत्रको नजिकै भएका मानवीय वस्ती क्षेत्र अत्याधिक जोखिममा हुने गर्दछन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया