

गरिब तथा विपन्न परिवारलाई लक्षित कार्यक्रम लागु गर्न सहकारीकर्मीको जोड





कपिलवस्तु । गरिब तथा विपन्न परिवारलाई लक्षित गरी सहकारी संस्थामार्फत स्थानीय समुदायलाई आर्थिक रुपमा सवल बनाउने खालका कार्यक्रम लागु गर्न सहकारीकर्मीले जोड दिएका छन् । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थीत बुड्ढी हनुमानचोकमा आयोजित सहकारीको विशेष साधारण सभाका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
छरिएको पुँजीलाई एकिकृत गरी बैदेशिक रोजगारीमा भन्दा स्थानीय कृषि उत्पादनमा सहकारीको लगानी विस्तार गरी गरिव तथा विपन्न समुदायको आयआर्जनमा बृद्धि गर्ने खालका कार्यक्रममा लगानी गर्न उनीहरुले सुझाव दिएका छन ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्रमा समेत त्यसको असर देखिएकाले सहकारीले पनि चाहे जति उपलव्धी हासिल गर्न नसकेको सहभागीले औल्याए । कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालीका उपप्रमुख मिरा थारुले विशेष साधारण सभाबाट नयाँ निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिदैं जोश जाँगरका साथ सहकारीकर्मिलाई आपसी सहकार्य गरी अगाडी बढ्न आग्रह गर्नुभयो । राम प्रसाद थारुको अध्यक्षता, बसन्त प्रसाद पन्थीको स्वागत, दिपक प्रसाद भुसालको सन्चालन, प्रवन्धक डोर बहादुर झाक्रीले प्रगती प्रतिवेदन प्रस्तुत गरेको सभामा पुर्व लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामे, बडा अध्यक्षहरु रोमबहादुर क्षेत्री, सुरज प्रताप राणा, शुसील थारु लगायतले संस्थाको प्रगतीको शुभकामना दिएका थिए ।
२०६० सालमा स्थापना भएको सानाकिसान कृषि सहकारी सँस्था बुड्ढीमा १७ सय २५जना शेयर सदस्य रहेका छन् भने कुल पुँजी झन्डै ३४ करोडको हाराहारीमा छ । यसैविच सानाकिसान सहकारीको विशेष साधारण सभाले राम प्रसादथारुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया