सिक्किम पहिरोमा रुपन्देहीका एक सहित ३ नेपालीको मृत्यु पुष्टी

काठमाडौँ । सिक्किमको पर्यटकीय क्षेत्र त्सोङमो, नाथुलामा आएको हिमपहिरोमा तीनजना नेपाली र चार भारतीयको मृत्यु भएको छ।

मृत्यु हुने नेपलीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीकी मुना शाह श्रेष्ठ छन्। लामिछाने र ढकाल कालिका नगरपालिका( ६ खोलेसिमलका हुन् ।

खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले भारतको सिक्किम भ्रमण लगेको थियो । सहकारीबाट दुईवटा बसमा ६३ जना भ्रमण गएका थिए । उनीहरू पनि त्यसमै थिए ।

लामिछाने सो संस्थाका कार्य समिति सदस्य हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार मृतकको शव लिएर भ्रमण टोली आजै नेपाल फर्कने तयारीमा छ । नाथुला जाने क्रममा करिब ५(६ सवारी साधन र २०(३० पर्यटक हिउँमुनि फसेको आशंका गरिएको छ ।

प्रतिक्रिया

खबर सबै