
लुम्बिनी प्रदेशसभा बैठक : सासंदहरुले भने, ‘सरकार काम चलाऊ भयो निकास खोज्नुपर्छ’

दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता राजकुमार चौधरीले प्रदेश सरकार काम चलाऊ सरकार भएकाले निकास खोज्नु पर्ने बताए । उनले सरकारले समयमा निकास दिएर प्रदेशको विकास, मिटर ब्याजको समस्या, स्वास्थ्य सेवा र संरचनाको अवस्थाका बारेमा गम्भीर हुनुपर्ने बताए । बैठकमा सांसद बैजनाथ कलवारले सरकारले विकासमा वास्ता नगरेको बताए ।
चालु आर्थिक वर्षको साढे ८ महिनामा २४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको भन्दै उनले अल्पमतको काम चलाऊ सरकारले प्रदेशको विकास लागि काम गर्न नसकेको टिप्पणी गरे । सरकारले बजेट खर्च गर्न नसक्दा बजेट खेर जाने सम्भावना भएको भन्दै अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।
बैठकमा चन्द्रकेश गुप्ता, मिना श्रेष्ठ, तारा थापा, निमा गिरी, भण्डारीलाल अहिर, सुधाकर पाण्डे, यमुना रोका तामाङ , जानकी न्यौपाने, यमबहादुर नेपालीलगायत सांसदहरुले धारणा राखेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया