आध्यात्म र आधुनिक शिक्षाको फ्यूजन : युनाइटेड एकेडेमी

राजेन्द्र खनाल, कपिलवस्तु । यतिबेला देशभर आर्थिक मन्दी छ । सरकार समेत सरकारी कर्मचारलाई कसरी तलब तथा भत्ता प्रदान गर्ने भन्ने चिन्तामा छ । राजनितिकर्मी तथा विष्लेशकहरुले देश आर्थिक संकटमा परिरहेको विश्लेषण गरिरहेका छन । व्यवसायीहरु आर्थिक धरापमा परी आत्मदाह गर्ने अवस्थामा पुगेको अवस्था छ । यही बेला निजि संघ संस्थाहरु समेत धरासायी बनिरहेका बेला केही संस्थाहरुको भने अचुक प्रगति छ ।

देशभरका आम निजि संस्थालाई छोडेर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको एक संस्थागत विद्यलायले पछिल्लो एक आर्थिक वर्षमा अभिभावकको मन जितेको छ भने विद्यार्थी समेत विद्यालयमा भर्ना लिन लालाहित भइरहेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँमा रहेको युनाइटेड स्टुडेन्टस् एकेडेमीले समिपमा रहेको नयाँ शैक्षिक सत्रमा कक्षा नर्सरी देखि ६ सम्म नयाँ विद्यार्थी भर्ना नलिने समेत जनाएको छ । उक्त विद्यालयमा भौतिक पूर्वाधारले समेत थेग्न नसक्ने स्थिति बनेपछि विद्यार्थी भर्ना नै बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक कृष्ण केसीले भने, “विद्यालय प्रतिको आम अभिभावक र विद्यार्थीहरुको लगावले मात्रै नहुदो रहेछ, गुणस्तरीय शिक्षा पनि प्रदान गर्नु पर्छ, त्यसैले आउँदो वर्ष कक्षा ६ देखि मात्रै नयाँ विद्यार्थी भर्ना लिने योजना छ ।”

आउँदो शैक्षिक सत्रमा कक्षा ६ देखि माथी कक्षा १० सम्म युनाइटेडमा सिमिति विद्यार्थीले मात्रै भर्ना पाउने उनले बताए । वि.सं. २०६७ सालमा मात्रै स्थापना भएको युनाइटेडले छोटो समयमा केही नेतृत्व समेत परिवर्तन गर्याे भने केही कर्मचारी पनि फेरबदल भए । हाल भने शैक्षिक सत्र २०७९मा विद्यालय व्यवस्थापनको नेतृत्व शिव बञ्जाडेले लिएका छन् भने प्रिन्सिपल कृष्ण केसी हुन । उनी सँगै विद्यालयको दिगो विकासका लागि हातेमालो गरिरहेका लेखा प्रमूख प्रेमनारायण पाण्डेले विद्यालयको दिगो विकासका लागि योजनाबद्ध लागिएको बताउँछन् । विद्यालयले एक शैक्षिक सत्रमा अचुक प्रगति गरेपछि हाल पुर्व कर्मचारी तथा संचालक समिति समेत विद्यालयमा फिर्ता भएका छन् । अघिल्लो शैक्षिक सत्रमा कमजोर शैक्षिक गुणस्तरीयताका कारण विद्यार्थी संख्या समेत घटिरहेको अवस्थामा यो शैक्षिक सत्रको अन्त्यसम्म आइपुग्दा थामि नसक्नु विद्यार्थी छन ।

हाल यो विद्यायलमा करिब ८ सय बढी विद्यार्थी संख्या छन भने विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी संख्या ४५ जना छन् । विद्यालयले अहिले बाणगंगा नगरपालिका भित्रका विद्यार्थीहरुलाई लक्षित गरी तीन वटा विद्यालय बस समेत संचालन गरको छ भने विद्यालयमा विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, खेलकुदका लागि व्याडमिन्टन कोर्ट लगाएत दर्जन बढी सेवा प्रवाह गरिरहेको छ । पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन हुने यो विद्यालयमा नेपाली संस्कार र संस्कृति अनुसारका रितिरिवाजमा समेत विद्यार्थीहरुलाई अभ्यासात्मक ज्ञान प्रदान गर्ने गरिएको लेखा प्रमूख पाण्डेले बताए । विद्यालयले दैनिक आध्यात्मिक ध्यान बाट कक्षा प्रारम्भ गर्ने गरिएको उनको भनाई छ ।

युनाइटेडको अलावा बाणगंगाको वडा नम्बर ८ मा अन्य तीन वटा निजि विद्यालय संचालनमा रहे पनि युनाइटेडमा विद्यार्थीको आकर्षण बढी छ। कपिलवस्तुको बणागंगामा युनाइटेडले आफ्नो सेवा क्षेत्र बनाइरहेका बेला यहाँ नगरपालिका क्षेत्र भित्रका वडा नम्बर ८ सहित १ देखि ९ नम्बर वडाका विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षकहरु सबै स्नातकोत्तर अध्ययन पुरा गरेका छन् । यस बाहेक पूर्व प्राथामिक तहमा पनि बालबालिकाहरुलाई बुकलेस कक्षा संचालन गर्ने गरिएको छ ।

विद्यालय आफैले बालवालिकालाई दैनिक विद्यालयमा आवश्यक शैक्षिक सामाग्री प्रदान गर्ने गरेका छ भने कक्षालाई डिजिटल प्रविधिबाट चलाईएको छ भने गर्मीमा चिसो र जाडोमा तातो कक्षा बनाउने प्रविधिको समेत प्रयोग छ । जसका कारण पनि युनाइटेडले पछिल्लो एक शैक्षिक सत्रमा आफ्नै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

युनाइटेडमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले समेत यतिबेला राम्रै सेवा सुविधा पाइरहेका छन् । कपिलवस्तुका आम निजि शिक्षालयहरुले प्रदान गर्ने सेवा सुविधाको तुलनामा युनाइटेडमा राम्रो सेवा सुविधा प्रदान गरिने भएकै कारण विद्यालयमा काम गर्न शिक्षा सम्बद्ध शिक्षित वर्गहरुको आकर्षण समेत बढी हुने विद्यालय प्रशासनको दाबी छ । चालु शैक्षिक सत्रको अन्तिम सत्रमा मात्रै पनि जिल्लाका अन्य कुनै पनि विद्यालयले शिक्षकलाई पूर्ण तलब प्रदान गर्न नसकिरहेको बेला युनाइटेडले कार्यरत ४५ जना शिक्षक तथा कर्मचारीलाई शैक्षिक सत्रको पूर्ण तलब भत्ता प्रदान गरिसकेको छ ।

बाणगंगाको वडा नम्बर ८ मा मात्रै चार संस्थागत र चार सामुदायिक विद्यालय छन् । एउटै वडा भित्र आठ थरि चरित्रमा आठ प्रकारको आफ्नै अघोषित प्रतिश्पर्धा चलिरहेका बेला युनाइटेड स्टुडेन्ट एकेडमीले नयाँ शैक्षिक सत्र २०७९ मा यो भन्दा अझै केही पृथक अभ्यासहरुका साथ शैक्षिक कार्यक्रम संचालनको तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै