
इटालीले च्याट जिपिटीमाथि प्रतिबन्ध लगायो, डाटासँग जोडिएको आशंका

एजेन्सी
इटालीले एआई च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ । च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो ।
इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ । च्याट जिपिटीलगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभावबारेमा बहस शुरु भएको छ ।
केही दिन अघि मात्रै अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका थिए । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ । (एआई) अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता सात प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया