

नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी



काठमाडौँ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।
गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया