कपिलवस्तुमा आँप उत्पादनमा सकारात्मक प्रभाव, उत्पादन बढ्ने

राजेन्द्र खनाल, कपिलवस्तु । यस वर्ष कपिलवस्तु सहित तराईका जिल्लामा आँप उत्पादनमा सकारात्मक प्रभावको संकेत छ । येतिबेला आँपका बोटमा ढपक्कै ढाकीने गरी फूल लागेको छ भने कतिपय आँपका रुखमा दाना समेत लाग्न थालिसकेको छ ।

तराईका केही जिल्लामा ढपक्कै फूल लागेको आँपमा मधवा किराको प्रकोपले उत्पादनमा असर पार्ने देखिरहेका बेला कपिलवस्तुमा भने त्यसको कुनै असर देखिएको छैन । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमूख रबिन्द्र चौवेका अनुसार अन्य केही जल्लामा मधवाको समस्या देखिए पछि कपिलवस्तुको आँप उत्पादन हुने क्षेत्रका बगैँचामा अहिले सम्म त्यस्तो असर देखिएको छैन । विशेष गरी जिल्लाको मायादेवी, यशोधरा, विजयनगर गाउँपालिका सहित कपिलवस्तु र कृष्णनगर नगरपालिकामा आँपको उत्पादन बढी हुने गर्दछ । सामान्यतया आँप तराईका हरेक क्षेत्रमा उत्पादन हुने फल भए पनि कपिलवस्तुमा केही क्षेत्रमा यसको व्यवसायिक उत्पादन हुने गर्दछ ।

कृषि ज्ञान केन्द्रका प्रमूख चौवेले आफूले केही आँपका बगैचामा समेत पुगेर अध्ययन गरेको भन्दै अहिले आँपको राम्रो सिजन (अनियर) रहेका कारण उत्पादनमा बृद्धि हुने बताउँछन् । साझाकुरासँग उनले भने, ‘आँप उत्पादनमा एक वर्ष अफइयर र एक वर्ष अनियर भन्ने हुन्छ, यस पटक राम्रो उत्पादन हुन्छ, तर हावाहुरीले केही असर गर्न सक्छ ।’ मधवाको किराको असर आँपमा बढी देखिने गरे पनि यस पटक कपिलवस्तुमा फललाई नै असर गर्ने गरी नदेखिएको पनि उनले जानकारी दिएका छन् ।

अन्य केही जिल्लामा व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका बेला यता कपिलवस्तुको बाणगंगा नगरपालिकामा पनि आँपमा समस्या भएको भन्ने गुनासो नआएको कृषि विकास शाखा प्रमूख लेसबहादुर केसीले बताएका छन् । आँपले फूल खेलेपछि मजुरामा मदवा किराले बढी अक्रमण गर्ने गर्दछ । जसका कारण आँपले फल लगाउन नसक्ने हुन्छ ।

प्रतिक्रिया

खबर सबै