

म्याराथन धावक भलवाडका अजयसहितका तीन खेलाडीलाई बाणगंगा नगरपालिकाले सम्मान गर्ने





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न विधाका खेलमा सहभागि भई उत्कृष्ट प्रर्दशन गरेका बणगंगाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
आइतबार बसको नगर कार्यापालिका बैठकले यस्तो निर्णय गरेको हो । नगर कार्यपालिका बैठकले अन्तराष्ट्रि म्याराथुन धावक बाणगंगा ९ का अजय पाण्डे, १९ वर्ष मुनिको अन्तराष्ट्रिय क्रिकेटमा सामेल भएका वडा नम्बर ५ का दुर्गेश गुप्ता, र अन्तराष्ट्रि क्रिकेट खेलाडीहरुको थेरापिष्ट वडा नम्बर ८ का विक्रम न्योपानेलाई सम्मान गर्ने निर्णय गरेको हो । उनीहरुलाई नगरपालिकाले नगद रकम सहित प्रशंशा पत्र प्रदान गर्ने तयारी सहितको निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले साझाकुरासँग बताउनुभयो ।
यस बाहेक नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५० हजार बिनियोजन गरेको नगर प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
त्यस्तै कार्यपालिका बैठकले आर्थिक वर्ष ७९ ८० मा सम्पन्न हुने योजनाको समिक्षा पनि गरेको छ । जस अनुसार उपभोक्ता बाट सम्पन्न हुने ३४३ वटा योजना मध्ये १२१ वटा योजनाहरु सम्पन्न भएर निकासा पनि भैसेको जनाइएको छ । त्यस्तै ठेक्का मार्फत सम्पन्न हुने ६१ वटा योजना मध्ये २ वटा योजना सम्पन्न भएको र अन्य योजनाहरु संचालनमा रहेको प्रवक्ता पौडेलले बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर ६ र ७ मा गरेर दुई वटा खोप केन्द्र निर्माण गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । जसको लागि ७र ७ लाख रुपैयाँ पनि बिनियोजन गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाणगंगामा ७०० जनाले आवेदन भरेका र त्यसको स्वकृतको लागि प्रदेश सरकारमा पठाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
बैठकले बाल क्लब गठन गर्ने निर्देशिका संसोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा लेखा प्ररिक्षण प्रतिवेदन विषयमा लेखा अधिकृत केशवराज गैरेले जानकारी गराउनु भएको थियो ।
नगरको ११ औँ कार्यपालिका बैठक नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया