राष्ट्रिय जनगणना : कपिलवस्तुमा महिलाको स्वामित्व बढ्यो

राजेन्द्र खनाल, कपिलवस्तु । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने कुल परिवारको ३१ प्रतिशत परिवारमा महिलाले घरमुली रहेको पाइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार कपिलबस्तु जिल्लामा पनि महिलाको नाममा स्वामित्व बढेको पइएको छ । महिलाको स्वामित्वमा रहेका घरमात्र भएका ४ हजार १३ जना छन भने जग्गा मात्र भएका १२ हजार ९ सय ६१ जना छन् । यस्तै कपिलवस्तुमा घरजग्गा दुबैमा महिलाको स्वामित्व रहेका १३ हजार १७४ जना महिला रहेका छन् । यस बाहेक घरजग्गा दुबै नभएका ८९ हजार ३१९ जना र उल्लेख नभएका २ हजार ३९४ जना रहेको राष्ट्रिय जनगणना २०७८को प्रतिवेदनमा उल्लेख छ ।

घरको स्वामित्व अन्र्तगत आफ्नै भएका १ लाख १६ हजार २८ जना, भाडामा ४ हजार ९०५ जना, संस्थागत ३६४ जना र अन्य ५६४ जना रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार नेपालमा हाल ६६ लाख ६६ हजार ९३७ परिवार रहेका छन् भने जसमध्ये २१ लाख ३ हजार २७८ परिवार अर्थात् ३१.५५ प्रतिशत परिवारमा महिला परिवारमुली छन् । त्यस्तै ६८.४५ प्रतिशत परिवारका मुली भने पुरुष रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

खबर सबै