

कपिलवस्तुबाट ओलीले भने, “हामी बिना हतियारको लडाइमा छौँ “

राजेन्द्र खनाल, जितपुर । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान एक विशेष अभियान रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले आफूहरु बिना हतियारको एउटा ठूलो लडाई लडिरहेको भन्दै यो लडाई समृद्धी र विकासका लागि लडिएको लडाई रहेको दाबी पनि गरे ।
उनले शनिबार कलिवस्तुको जितपुरमा एमाले कपिलवस्तुले आयोजना गरेको मिसन ग्रासरुट अभियान अन्र्तगतको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आफूहरु समाजलाई परिवर्तन गरेर धनी बनाउन चाहेको र सबै समुदायका हरेक नागरिकलाई पनि धनि बनाउन चहेको बताए । उनले भने, ‘किताब र काजगमा लेखेको अधिकार दिएर होइन व्यवहारमा अधिकार नागरिकलाई हामी दिन चाहान्छौँ ।’
सामाजिक न्याय र समानता सहितको समाज, विकास र समृद्धि हासिल गरिएको समाज, विकास र समृद्धी सहितको समाज निर्माण गर्न चाहेको बताए ।पुर्खाले लडेर बचाएको सर्वभौम सत्ता र भौगोलिक अखण्डता सहित स्वभिमानलाई माथि उठाउने गरी लाग्नका लागि एमालेले मिसन ग्रासरुट अभियान संचालन गरेको उनले बताए ।
आफू प्रधानमन्त्री हुदा बनेको एमाले सरकारको ध्यान देशको विकासका लागि खर्च भएको भन्दै ओलीले सरकारका तर्फबाट कपिलवस्तुको तौलिहवादेखि कृष्णनगर जाने बाटो सिङ्गल लेनको बन्दै गरेको र त्यसलाई रोकेर डबल लेनको बनाउन भनेको बताए ।
मिसन ग्रासरुट अन्तर्गत नेकपा एमाले कपिलवस्तु जिल्लाको आयोजनामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेपश्चत ओलीले बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको पनि स्थलगत अवलोकन गरेका छन् । पार्टीका नेता कार्यक्रताहरु सहित ओली कलिधाममा पुगेका हुन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया