

लायन्स क्लव अफ कपिलवस्तुकाे नेतृत्व ओम प्रकाशलाई प्रदान





कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तु २०२३-२४ का लागि नयाँ नेतृत्व चयन भएको छ । अर्घाखाँची स्थित सितगंगा १३ मा रहेको गुराँस जंगल रिसोर्टमा आयोजना भएको ७ औँ अधिवेशनबाट २०२२-२३ का प्रथम उपाध्यक्ष समेत रहेका ओम प्रकाश घिमिरे २०२३-२४ का लागि अध्यक्षमा सर्व सहमत चयन भएका छन् । लायन्स क्लव अफ कपिलवस्तु को स्थापना काल देखि विभिन्न पदमा रही काम गर्दै आएका घिमिरे एक कुशल शिक्षाप्रेमी समेत हुन् । घिमिरृ वाणगंगामा रहेको बाल माध्यमिक विद्यालय बैरीया तथा वाणगंगा बहुमुखी क्याम्पस लौगाईमा कार्यरत रहेका छन् ।
325P का डिस्टिक सेक्रेटरी तथा लायन्स कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सीको प्रमुख अतिथियता रहेको थियो । प्रमुख अतिथिका रुपमा बोल्दै के.सीले लायन्सका लागि र लायन्स एक अन्तर्राष्ट्रिय स्तरको क्लव भएकाले यसमा तन मनले काम गरीरहेकामा क्लवका सबै सदस्य प्रति आभार व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रम 325P रिजन १४ का जोन चियर पर्सन सुरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो
l
आयोजित ७ औँ अधिवेशनका लागि क्लवका पुर्व अध्यक्ष धातानन्द भुसालको संयोजक रहने गरि क्लवका पुर्व अध्यक्षहरु सहितको निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको थियो ।
आयोजित ७ औँ अधिवेशन २०२२-२३ का अध्यक्ष राम शुभागे थारुको अध्यक्षता, २०२२-२३ का प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य तथा २०२२-२३ का सचिव शान्त राज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया