

वाणगंगा बहुमुखी क्याम्पसको स्व.वि.यु निर्वाचन स्थगित





नवराज बेल्वासे
त्रिभुवन विश्वविद्यालयका अन्तर्गतका क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । कुनै ठाउँमा केहि विद्यार्थी संगठनहरु निविरोध निर्वाचित भए भने कुनै ठाउँ विवादका कारण चुनाब नै स्थगित हुने भएको छ ।
यसै बिच कपिलवस्तु स्थित वाणगंगा नगरपालिका ८ मा रहेको वाणगंगा बहुमुखी क्याम्पस लौगाईको चुनाब स्थगित भएको छ । क्याम्पसको एक विज्ञप्ती निकाल्दै चुनाब स्थगीत भएको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ केहि विद्यार्थी संगठनहरुको असझदारी बढेको हुदाँ र शान्तिपुर्ण रुपमा निर्वाचन गर्न सक्ने वातावरण नबनेको भन्दै अर्को सुचना जारी नभए सम्मका लागि चुनाब स्थगित गरिएको जनाइएको छ ।

क्याम्पसमा अनेरास्ववियु र ने.वि.संघ सहितको गठबन्धन बिच विवाद परेको थियो । विवाद समाधानका लागि विभिन्न प्रयास भए पनि सामधानको उपाय नआएका कारण चुनाब स्थगित गरीएको जनाइएको छ ।
क्याम्पसमा नियम विपरित गरिएको उम्मेदवारी रद गर्न ने.वि.संघले माग राखेको छ । क्याम्पसको निर्वाचन समितिले भने उम्मेदवारी नियमपुर्वक भएको साझाकुरालाई बताएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया