
स्ववियु चुनाव : सिद्वार्थ क्याम्पस अखिल क्रान्तिकारी संयुक्त प्यानल भन्छ, “चुनव जितिन्छ”

कपिलवस्तु ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिदै गर्दा कपिलवस्तुको बाणगंगामा रहेका क्याम्पसहरुमा निर्वाचन गतिविधि सक्रय भइरहेका छन् । चैत्र ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरु चुनावी माहोल आफ्नो पक्षमा बनाउन क्रियाशिल छन् । बाणगंगा बुङ्चि स्थित सिद्धार्थ क्यमम्पसमा पनि स्ववियु चुनावको तयारी तिव्र पारिएको छ । उक्त क्यम्पसमा अखिल क्रान्तिकारीको संयुक्त प्यानललबाट स्ववियु सभापतिमा विष्णु बहादुर राउत (विज्ञान) चुनावी मैदानमा हुनुन्छ ।
संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेद्धार राउतले क्याम्पसमा विद्यार्थीहरुको हक अधिकारका लागि आफ्नो उम्मेद्धारी रहेको बताउनुभएको छ । यस्तै उहाँले स्नातक तहमा नेपाली र अंग्रेजी दुबै माध्यममा अनिवार्य प्रश्नपत्र आउनुपर्ने, सिद्धार्थ क्यम्पस र संगठन भएको सहमति अनुसार क्याम्पसको पुस्तकालयबाट चारवटा पुस्तक विद्यार्थीहरुले अनिवार्य पाउनुपर्ने, स्नातक तहलाई अधिकतम तीन वर्षे बनाउनुपर्ने, एक क्याम्पस एक उत्पादनको निति आफुहरुले अगाडी सारिएको बताउनुभयो । साथै उहाँले विगत चार वर्ष देखि आफूले विद्यार्थीहरुको हक हितको निम्ति निरन्तर संघर्ष गरेकाले यसपटक पार्टी संगठन नहेरी व्यक्ति हेरे मात्र आफ्नो जित सुनिश्चित रहेको ठोकुवा गर्नुभयो ।
सिद्धार्थ क्याम्पसमा क्रान्तिकारी (प्रचण्ड), क्रान्तिकारी (विप्लव), क्रान्तिकारी (वैद्य) र अनेरास्ववियू (माधव नेपाल) सहितको संयुक्त प्यानलको तर्फबाट उहाँ स्ववियु सभापतिको उम्मेद्धार बन्नुभएको हो ।
यस बाहेक सिद्धार्थमा नेविसंघले आफ्नो छुट्टै प्यानल बनाएको छ भने अनेरास्ववियुले संयुक्त प्यानल बनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया