जन्मदिनमा बिकासले गरे क्याम्पसमा ‘सेन्टरी प्याड बैंक’ स्थापना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको  बुङ्चिमा रहेको सिद्वार्थ क्याम्पसमा ‘सेन्टरी प्याड बैंक’ स्थापना गरिएको छ । स्नातक तह प्रथम बर्षका विद्यार्थी बिकास भुसालको १९ औँ जन्मोत्सवको अवसरमा बिकास भुसाल द्वारा सहयोगार्थ प्याड बैंक स्थापना गरिएको हो ।

सिद्वार्थ क्याम्पस प्रशासनको संरक्षणमा रहने गरि क्याम्पसको “लेडिज ड्रेसिङ रुम” मा रहने गरि क्याम्पस प्रशासनलाइ दराज र एक सय थान प्याड एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बेदराम अर्यालले प्याड बैंक स्थापना गरेकोमा सिद्वार्थ क्याम्पसमा अध्ययनरत विद्यार्थी बिकास भुसाल लाई धन्यवाद ब्यक्त गर्नुभयो । अन्य खर्चहरु कटौती गरि फजुल खर्च नगरेर अनुकरणीय कार्य गरेको भन्दै प्रसंसा समेत गर्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति सुशील खत्रीले जन्मोत्सवको शुभकामना ब्यक्त गर्दै अन्य विद्यार्थीहरुले पनि उदाहरणिय कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै क्याम्पस प्रशासनलाई सेन्टरी प्याड हस्तान्तरण गर्दै बिकास भुसालले उक्त प्याड वैंकमा प्याडको कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए । उक्त प्याडबैंकमा क्याम्पस प्रशासन र सम्पुर्ण विद्यार्थीहरुले हातोमालो गर्नुपर्ने बताएका थिए। कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्याल, निबर्तमान क्याम्पस प्रमुख खेमराज शर्मा, क्याम्पसका प्राध्यापकहरु, स्ववियु सभापति सुशील खत्री सहित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै