बाणगंगा ९ मा पहिलो पटक नारी दिवसको कार्यक्रम : अधिकार स्थापित गर्न महिलाहरु जागरुक हुनुपर्नेमा जोड

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा पहिलो पटक महिलाहरुको एउटा जमघट भयो । जहाँ बोल्ने अधिकाशं महिलाहरुले महिलाको अधिकार स्थापित हुन अझै नसकेको गुनासो गरे ।

११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवसको अवसरमा संगम टोलविकास संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकाशं महिलाहरुले महिलाहरु पछाडि पर्नुमा आफूनै प्रमूख कारण रहेको र यसका लागि आफै जागरुक हुनुपर्ने बताए । यस्तै अधिकाशं महिलाहरुले वडामा पहिलो पटक नारी दिवसको कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै ११३औँ दिवस मनाउदा सम्म आफूहरुले अहिले सम्म थाहा सम्म नपाएकोमा आश्चर्यमा परे ।

कार्यक्रममा अमृते सामुदायिक वनकी सल्लाहकार राधा खनालले महिलाहरु आफू अग्रसर हुन नसक्दा पछाडि परएको बताउनुभयो । यस्तै शिवपार्वती महिला आमा समुकी अध्यक्ष सरस्वती थापाले पनि महिलाहरुको तुलनामा पुरुषहरु बढी स्वतन्त्र भएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्ने महिलाहरुले नारि दिवसको कार्यक्रममा नारीहरुको उपस्थिति उत्साजनक भए पनि क्षमता विकासमा कमजोर रहेको उल्लेख गरे ।

आज कपिलवस्तु सहित दश तथा विदेशमा समेत अन्तरष्ट्रिय नारी दिवस मनाइरहेका बेला बाणगंगाको वडा नम्बर ९ मा अयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले वडा भित्रका महिलाहरुको क्षमता विकास तथा नेतृत्वदायी भुमिका निर्वाह गराउने कुरामा वडाले आउँदा वर्षमा त्यस्ता खालका योजना बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै कार्यक्रममा समाजसेवी हरिराज घिमिरेले नारि दिवस नारीहरुको अधिकार स्थापित गर्ने उद्देश्यले सूरु भएको भन्दै महिलाहरु आफै पनि जागरुक बन्न जरुरी रहेको बताउनुभयो । यस्तै समाजसेवी नारायण खनालले पितृसत्तात्मक समाजको अन्त्य गर्न अमेरिकाको सिकागो तथा कोपेनहेगन शहरका नारिहरु मतदानको अधिकार र समान पारिश्रमीकको अधिकारको माग गर्दै आन्दोलन सुरु गरेपछि अहिले विश्वव्यापी यो आन्दोलनले नारी दिवसको रुप लिएको बताउँदै आफ्नो अधिकारका लागि नारीहरु आफै जागरुक बन्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ९ स्थित भलवाड स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझीले विकसित राष्टहरुमा महिला तथा पूरुषबिचको अधिकारमा विभेद नभए पनि नेपाली समाजमा समान अधिकारको ग्यारेण्टी अझै नहुनु दुखदायी रहेको भन्दै यसका लागि सबै जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार बाबुराम रायमाझी, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमला बि.क, कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल लगाएत दुई दर्जन बढीले सम्बोधन गरेका थिए । कार्यक्रम संगम टोलविकास संस्थाका अध्यक्ष हरिबहादुर खनालको अध्यक्षता तथा शुस्मा थापाको स्वागत र सिता भुषालको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रम संगम टोल विकास संस्थाको आयोजना तथा अमृते सामुदायिक वन, कोइली चौर सामुदायिक वन र प्रयास सामाजिक युवा क्लवको सह आयोजनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै