

विमान कम्पनीको बक्यौता ९८ करोड



आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई सेवा दिँदै आएका हवाई कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता झन्डै ९८ करोडको हाराहारीमा छ । प्राधिकरणले बक्यौता रकम बुझाउन बाँकी हवाई कम्पनीलाई फागुन ११ गते परिपत्र गर्दै फागुन १६ गतेभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो ।
तिनको बक्यौता आन्तरिकतर्फ ४८ करोड ८५ लाख ८५ हजार ८२० र अन्तर्राष्ट्रियतर्फ ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै १६ वटा हवाई कम्पनीले आठ करोड ६९ लाख पाँच हजार ४०१ रुपियाँ बक्यौता रकम बुझाउन बाँकी छ ।
आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीले विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापतको बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले चैत १८ गतेदेखि लागू हुने गर्मीयामका लागि नयाँ उडान तालिका स्वीकृति नगर्ने अडान राखेको छ । गर्मीयामको उडान तालिका स्वीकृत नहुने भएपछि केही हवाई कम्पनीले बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको बाध्यकारी निर्णयपछि आन्तरिकतर्फका यती एयरलाइन्स, समिट एयर, एयर डाइनेस्टी र सिम्रिक एयरले बक्यौता बुझाइसकेका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया