कपिलवस्तुको शिवराजका सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध (हेर्नुहोस सूचना)

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा अब सार्वजनिक स्थलमा धूमपान गरे कार्वाही हुने भएको छ । पालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूमपान गरे कारबाही हुने जनाएको हो ।

नरपालिकाले वडा प्रहरी कार्यालय चन्द्रटालाई पत्र लेख्दै नगरपालिका भित्रका सार्वजनिक स्थलमा कही कसैले धूमपान गरेको पाइए तत्कालकार्वाही गर्न सिफारिस गरेको छ ।

नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डेले एक सोमबार एक सूचना जारी गर्दै शिवराजले सार्वजनिकस्थलमा धूमपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको उल्लेख गर्नुभएको छ ।

नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान नगर्न सार्वजनिक सूचना जारी गरेको उल्लेख गर्दै प्रहरीलाई पनि एक पत्र लेख्दै उक्त कुराको जानकारी गराएको हो ।

प्रतिक्रिया

खबर सबै