वैकल्पिक राजनितिका लागि कपिलवस्तुमा बृहत अन्तरक्रिया

 कपिलवस्तु । वैकल्पिक राजनितिक अभियानका लागि कपिलवस्तुको तौलिहवामा बृहत अन्तरक्रिया शनिबार सम्पन्न भएको छ ।

वैकल्पिक राजनितिक पुर्नगठन अभियान कपिलवस्तु जिल्ला कार्यदलको आयोजनामा आयोजित वैकल्पिक राजनितिक पुर्नगठन अभियानका सम्भावना र चुनौति विषयक एक दिने बृहत अन्तृक्रिया कार्यक्रम जिल्ला सदरमुकाम तौलिहवा स्थित माहुरी होमको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष विष्णुहरी शर्र्मा, नेकपामा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार रामलौटन तिवारी, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कालिपद शर्मा, राष्टिय मुक्ति आन्दोलनका अध्यक्ष डा. जेबी शाह, जसपा नेपालका केन्द्रिय सदस्य सन्तोष पाण्डेय, प्रध्यापक पशुपतिमणी त्रिपाठी, वामपन्थी नेता बालकराम बुढा, उमेश बन्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला प्रतिनिधि शिव विष्ट, राष्टिय मुक्ति आन्दोलनका लुम्बिनी प्रदेश अध्यक्ष प्रविण परियार, वैकल्पिक राजनितिक पुर्न गठन अभियानका केन्द्रिय स्कूल तथा प्रशिक्षण कार्यदलका सदस्य नारायण खनाल, लगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गरेका वक्ताहरुले नेपालमा परम्परागत राजनितिक दलहरुको विकल्पमा एउटा शक्तिशाली वैकल्पिक राजनितिक शक्तिको एउटै केन्द्र बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

यसैबीच वैकल्पिक राजनितिक पुर्न गठन अभियान कपिलवस्तु कार्यदलको शनिबार नै बसेको बैठकले उमेश बन्जाडेको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यदल गठन गरेको छ । जसमा धुव्र कुँवर, रिता यादव, पशुपतिमणी त्रिपाठी, राधा खनाल, नारायण पोख्रेल, गोबिन्द बन्जाडे रहेको जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै