

प्युठानमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

प्युठन । प्युठानको माण्डवि गाउपालिका – ५ आपचौरमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती –२ टिकुरी बस्ने अन्दाजी ४०÷४५ वर्षका रामबहादुर थापा (गोपाल) रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती–२ कि कमला भुसाल घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी–२ रानिबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।
दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया