सिद्धार्थद्धारा मनोसामाजिक सहयोग सम्वन्धी अभिमुखिकरण

बाबुराम रायमाझी,जितपुर । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा युनिसेफको सहयोग र नेपाल सरकारको समन्वयमा विपदमा बाल संरक्षण समुदायमा आधारित मनोसामाजिक सहयोग सम्वन्धी १ दिवशिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम वाणगंगा ४ स्थित सिद्धार्थ सामाजिक विकास केन्द्रको सभमहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा युनिसेफ कार्यक्रम सम्वन्धीका कार्यक्रम प्रवन्धक प्रकाश घिमिरेले लुम्विनी प्रदेशका १२ जिल्लामा मे २०२० देखि फेब्रीअरी २०२३ सम्म बाल संरक्षण तथा मनोसामाजिक क्षेत्रमा पुराएको सहयोग सम्वन्धी प्रशिक्षण दिनु भएको थियो । कस्तो अवस्थाले गर्दा व्यक्ति तनावपूर्ण हुन्छ त्यसको पहिचानको लागि कसरी थाहा पाउने र त्यसको निदान कसरी गर्ने साथै त्यसको समुदायमा पर्ने सकारात्मक र नकारात्मक असर एबम् नेपालमा आत्महत्याको अवस्था र विश्लेषणका बारेमा घिमिरेले प्रशिक्षण दिएका थिए ।

युनिसेफले नेपालसंगको सहकार्यमा लुम्विनी प्रदेशका १२ जिल्लामा मे २०२० देखि फेब्रीअरी २०२३ सम्म बाल संरक्षण तथा मनोसामाजिक क्षेत्रमा पुराएको योगदान बापत सिद्धार्थ सामाजिक विकास केन्द्रले एक कार्यक्रमका वीच संस्थाका अध्यक्ष सूर्य कुमारी शाही,पूर्व अध्यक्ष तेज प्रसाद आचार्य, संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सागर श्रेष्ठले खादा तथा कदर पत्रले १२ वटा जिल्लाका ५० जना सामाजिक अभियानताहरुलाई सम्मानित गरेको छ ।

कार्यक्रममा कपिलवस्तु जिल्ला समन्वय समितिका सदस्य सुमित्रा परियार,संस्थाका संस्थापक अध्यक्ष सागर श्रेष्ठ, रोमकान्त घिमिरे, त्रिलोचन घिमिरे लगायतले संस्थाले आफ्नो छोटो समयमा लुम्विनी प्रदेशमा कोभिड १९ तथा विपदका समयमा समूदायमा तथा अन्य क्षेत्रमा सहयोग पुराई प्रदेशमै नमूनाको रुपमा परिचीत भएकोमा संस्थाप्रति धन्यवाद एवम प्रशंसा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

खबर सबै