

खोजिपुर सामुदायिक वनको अध्यक्षमा दिपक थापा निर्वाचित





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित खोजिपुर सामुदायिक वनको अध्यक्षमा दिपक कुमार थापा विजयी भएका छन् । बुधबार वन कार्यसमितिको आगामी पाँच वर्षको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी बिजयी भएका हुन ।
गत भदौमा अधिवेशनको मिति तय भएको भए पनि खोजिपुर सामुदायिक वनले अधिवेशन गर्न सकेको थिएन । लामो समय सम्म अधिवेशन सम्पन्न नहुँदा यहाँको वन सम्बन्धी कामहरु प्रभावित समेत हुदै आएका थिए ।
वनको नयाँ नेतृत्वका लागि दिपक कुमार थापा र नरेन्द्र बेल्वासे चुनावी मैदानमा रहेका थिए । सम्पन्न निर्वाचन पछिको मतगणनाबाट विजयी भएका थापाले २१५ मत प्राप्त गरी निर्वाचित भएका हुन भने उनका प्रतिद्धोन्दी बेल्वासेले ११९ मत प्राप्त गरेका छन् ।
खोजिपुर सामुदायिक वनमा आबद्ध रहेका कुल मतदाता संख्या ५ सय १० जना रहेका थिए । आज भएको निर्वाचनमा ३ सय ५५ मत खसेको थियो । सम्पन्न निर्वाचनमा २१ मत बदर भएको निर्वाचन मण्डलले जनाएको छ ।
निर्वाचित भएका थापाले बाघ चुनाव चिन्ह पाएका थिए भने पराजित भएका बेल्वासेले हात्ती चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । लामो समय सम्म अध्यक्ष पदका लागि थापा र बेल्वासेले आफ्नो अडान कायमै राखेका कारण आज मतदान भएको हो । विजयी भएका थापाको यो सँगै चौथो कार्यकालका लागि बनको नेतृत्व गर्ने अवसर पाएका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया