

हर्ट विटका म्यानेजर घिमिरे माथि भएको अन्याय प्रति महासंघ कपिलवस्तुको २४ घण्टे अल्टिमेटम





कपिलवस्तु, फागुन १६ : हर्ट विट एफ.एम.का स्टेशन म्यानेजर पिताम्बर घिमिरे (हरि) लाई बिना जानकारी आफु कार्यरत रहेको पदमा अर्को ब्यक्ति नियुक्त गरेको बिषयमा नेपाल पत्रकार महासंघ कपिलबस्तुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि. कपिलबस्तुद्धारा सञ्चालित हर्ट बिट एफ.एम.९१.३ मेगाहर्जका स्टेशन म्यानेजरका रुपमा कार्यरत रहेका पिताम्बर घिमिरे (हरि) ले बिना जानकारी आफु कार्यरत रहेको पदमा अर्को ब्यक्ति नियुक्त गरेको बिषयमा नेपाल पत्रकार महासंघ कपिलबस्तुले ध्यानाकर्षण पत्र जारी गरि क्षतिपूर्ति तथा न्याय प्राप्तीका सम्बन्धमा यस बिषयमा के कसो भएको हो ? निष्कासन गर्नुपर्ने कारण तथा समाधानका बिषयमा ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले ३ सदस्यीय टोली गठन भई अगाडि बढेको सन्दर्भमा उक्त मिडियाका तर्फबाट निर्णायक त्रिपक्षीय वार्ताका लागि संस्थाले मिति २०७९ फागुन १६ गते साँझ ५ बजेका लागि तोकिएको समयसिमा भित्र संचालकहरुका ब्यक्तिगत ब्यस्तता र अन्य कारण देखाउँदै आलटाल गर्नु खोज्नु र जिम्मेवारी नदेखाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ । यस सन्दर्भमा तत्काल २४ घण्टाभित्र वार्ता सम्वाद र छलफलका लागि यो ध्यानाकर्षण पत्र जारी गरिएको छ ।
उक्त समय सिमा भित्र पनि सम्बन्धित पक्षले बेवास्ता गरे महासंघ चरणबद्ध आन्दोलनमा जाने महासंघका जिल्ला सचिव जानु पाण्डेद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत चेतावनी पनि दिईएको छ ।
यहि फागुन १० गते साँझको समयमा म्यानेजर घिमिरेले कार्यालयको काम गरिरहेको अवस्थामा सञ्चालक समितिका केहि व्यक्तिहरुले एकाएक म्यानेजरको जिम्मेवारीबाट जबरजस्ति पदमुक्त गराई अर्को व्यक्तिलाई नियुक्त गरेका थिए ।
यस बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रेस सेन्टर कपिलवस्तुले यस अघि गम्भिर आपत्ति जनाएका थिए ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया