
जटिल बन्दै डा.केसीको स्वास्थ्य, ७०–५० मा छ रक्तचाप घटेर

ई–साझाकुरा, असोज २१
२४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्।
रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ।
यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन्। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्। डाक्टर सुभाष आचार्य नेतृत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्।
यसअघि अनसन बसेका बेला डाक्टर केसीलाई इलेक्ट्रोलाइटस् दिने गरिएको भए पनि यसपटक उनले त्यसलाई अस्वीकार गरेका छन्। उनलाई नर्मल स्लाइन पानी दिइएको छ।
डाक्टर आचार्य नेतृत्वको टिमले केसीलाई आइसियूमा राख्न सुझाव दिए पनि उनले अस्वीकार गर्दै आएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया