

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने माओवादी सहित आठ दलबीच सहमति





काठमाण्डाै
राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ । अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याउनुभएको र प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका जानकारी दिनुभयो । पुरानो सत्ता गठबन्धनका पाँच दलमा अरु तीन दल थपिएका हुन् ।
आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।
नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया