

एमालेको मिसन ग्रासरुट अभियान सिकाई पाठशाला बन्नेछ : डा.भट्टराई





कपिलवस्तु। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रियताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको विकास, मुलुकको शुसासनको प्रत्याभूति दिने काममा नेकपा एमालेको निरन्तर अगुवाई रहेको दावी गर्नु भयो ।
विगत ४० वर्षको ईतिहासमा एमालेले जनपक्षिय कार्यको अगुवाई गरेको तर्क गर्दै एमालेलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तराष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु कमजोर बनाउन लागिपरेको दावी गर्नु भयो । नेता भट्टराईले बैचारिक र राजनैतिक रुपमा सिंगो पार्टी पक्तिलाई स्पष्ट पार्ने काममा दुई महिने मिसन ग्रासरुट अभियान सार्थक हुने जिकिर गर्नु भयो । युवा नेता भट्टराईले पार्टी भित्र रहेका फरक, फरक सिफाई, अनुभवबाट एकिकृत शक्तिको रुपमा पार्टीलाई विकास गर्न सफल रहने विश्वास ब्यक्त गर्नु भयो । नेता भट्टराईले पार्टी पक्तिलाई वैचारिक, राजनैतिक रुपमा स्पष्टता हुन आवश्यक रहेको चर्चा गर्नु भयो ।नेकपा (एमाले) कपिलवस्तुले आयोजना गरेको मिसन ग्रासरुट अभियान अन्तरर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै डा. राजन भट्टराईलेले यस्तो धारणा राख्नु भएको हो ।
नेकपा (एमाले) का केन्द्रिय पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले जनप्रतिनिधी जनताका आधारभुत समस्या समाधानका निम्ति गंभिरपूर्वक लाग्न आग्रह गर्नु भयो । नेता न्यौपानेले ब्यक्तिगत मोह त्यागेर जनताको अवस्था फेर्न जनप्रतिनिधी लाग्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य भूमिश्वर ढकालले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट लिएको एकै संदस्यताको नीति समय सापेक्ष सान्दरभिक रहेको चर्चा गर्नु भयो । नेता ढकालले कम्युनिष्ट पार्टीको सदस्यता मामुलि विषय नभएको बताउर्दै पार्टी अनुसाशन पालनामा जोड दिनु भयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य मेनका पोख्रेलले प्रभावकारी जनसंगठन निर्माण र परिचालनबाट मात्र मिसन ग्रासरुट सफल हुने तर्क गर्नु भयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य सिता न्यौपानेले नेपालको कम्युनिष्ट आन्द्रोलनमा महिलाहरुको भूमिका उदाहरणिय रहेको चर्चा गर्नु भयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य मोहमद हारुन हलवाईले नेकपा (एामले)ले पहिलो पटक मदरसा वोर्ड गठन गरेर मुस्लिम समुदाय प्रति गंभिर रहेको पुष्टी गरेको स्पष्ट पार्नु भयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य पशुपति दयाल मिश्राले समाजवादको आधार तयार पार्न मिसन ग्रासरुट सार्थक हुने विश्वास ब्यक्त गर्नु भयो । नेता मिश्राले नव प्रवेशीहरुलाई पनि उचित जिम्मेवारी प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । नेता मिश्राले युवा पुस्तालाई संस्कारयुक्त राजनीतिमा भूमिका दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य साजदा सिद्धिकीले नेपाल र नेपाली जनताको हक हितका निम्ति सिंगो पार्टी पक्ति निस्वार्थ अहोरात्र खटिनु पर्ने बताउनु भयो । नेता सिद्धिकिले २ महिने अभियान जनतासंगै ब्यतित गर्ने स्पष्ट पार्नु भयो । उहाँले आफु एक मात्र नेकपा एमालेको पहिलो मुस्लिम महिला केन्द्रिय सदस्य भएकोमा गर्भ लागेको बताउनु भयो ।
कार्यक्रममा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले मिसन ग्रासरुट अभियानको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । अभियान अन्तरर्गत फाल्गुण १५ गते भित्र पालिका स्तरमा मिसन ग्रासरुट अभियानको अभिमुखीकरण सम्पन्न गर्ने र फाल्गुण १५ पछि वडा, टोल स्तरमा अभिमुखीकरण संचालन गर्ने २०८० साल वैशाख ९ गते अभियानको समापन गरिने छ ।
जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र जिल्ला उपसचिव शुसिला दरलामीको संचालनमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा एमाले नेता भानु प्रकाश श्रेष्ठ, मंगल प्रसाद गुप्ता, दान बहादुर चौधरी, रामलाल काफ्ले, ईन्द्रमणी पोडेल, मित्रलाल शर्मा, चक्रपाणी अर्यालको आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसी, नवराज लामिछाने, विजयनगर गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापा, शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरी, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता चौधरीको उपस्थिती रहेको एमाले कपिलवस्तुले जनाएको छ ।
कार्यक्रम एमाले लुम्बिनी प्रदेश सचिवालय स्तरका नेता, जिल्ला, पालिका, वडा स्तरका नेता कार्यकर्ता, पार्टीका विभाग एवम् जनप्रतिनिधी, पार्टीका जनवर्गिय संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको एमाले कपिलवस्तुले जनाएको छ । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङ्गचीको सभाहलमा सम्पन्न भएको नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया