

आँखाको लेन्स निर्माणमा नेपाल आत्मनिर्भर, ३० देशमा निर्यात





काठमाडौँ
मोतिबिन्दूको शल्यक्रियापछि आँखाको नानीमा प्रत्यारोपण गरिने इन्ट्राअकुलर लेन्सको उत्पादन तिलगंगा आँखा प्रष्तिठानले करिब २८ वर्षदेखि गर्दै आइरहेको छ । यसरी उत्पादन गरिने लेन्स नेपालमा खपत मात्र नभएर ३० भन्दा बढि देशहरुमा समेत निर्यात हुँदै आएको छ ।
इन्ट्राअकुलर लेन्स मोतिबिन्दु भएका विरामीहरुको शल्यक्रियापछि आँखामा राखिने एक कृत्रिम लेन्स हो । यो लेन्स मोतिबिन्दु भएर दृष्टि गुमाएका विरामीहरुलाई शल्यक्रिया गरी राख्ने गरिन्छ । लेन्स राखिएपछि पुनः यस्ता बिरामीहरुले दृष्टि पाउने गर्दछन् । करिब २८ वर्षअघिदेखि तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्दै आइरहेको यो लेन्स ३० वटा भन्दा बढी मुुलुकहरुमा आयात हुने गरेको छ ।
तिलगंगाले अहिले ३ प्रकारका इन्ट्राअकुलर लेन्स उत्पादन गर्दै आएको छ । जुन पहिलो पीएनएमए, दोस्रो हाइड्रो फेलिक र तेस्रो हाइड्रो फोविक लेन्स हो । लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भने अमेरिका तथा युरोपियन मुलुकहरुबाट आयात हुने गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले वार्षिक ४ लाख हाराहारीको संख्यामा लेन्स उत्पादन गदै आइरहेको छ । विदेशबाट आयत गरिएको कच्चा पदार्थलाई अत्याधुनिक मेसिनबाट लेन्सको आकार दिइन्छ । उक्त लेन्सलाई प्रशोधित पानीमा सफा गरि माइक्रोस्कोपबाट परीक्षण गरिन्छ । प्रक्रियाबाट कुनै खराबी नभएको उच्चगुणस्तरीय लेन्स मात्र छानिन्छ ।
सन् १९९५ सालतिर मोतियाबिन्दु भएका बिरामीको उपचारका लागि अमेरिकाबाट महंगो मूल्य तिरेर लेन्सहरू ल्याउनु पर्ने बाध्यता थियो ।
यो लेन्सले सन् २००३ देखि अन्तर्राष्ट्रिय बजार पाएको थियो । विदेशी बजारमा समेत निर्यात हुने सस्तो र गुणस्तरीय इन्ट्राअकुलर लेन्सले नेपाललाई आत्मनर्भिर मात्र होइन, नेपालको आँखा उपचार सेवाको पुहँचलाई एउटा छुटै उचाइमा पुर्याएको छ । हालैमात्र मोतिबिन्दुको उपचारमा सरल विधिको विकास गरेकै कारण जनाउँदै तिलगंगा प्रतिष्ठानका अध्यक्ष डा। सन्दुक रुइतलाई १० लाख डलर अर्थात १३ करोड डलर नेपाली रुपैयाँ भन्दा बराबरको बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया