

६ वर्षे कार्यकाल पूरा गरी बिदा भए आयुक्त ईश्वरी पौड्याल





काठमाडौँ । ६ वर्षे कार्यकाल पूरा गरी निर्वाचन आयोगको आयुक्तबाट ईश्वरी पौड्याल बिदा भएका छन् ।
बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीहरूको उपस्थितिमा विशेष कार्यक्रम गरी आयुक्त पौड्याललाई बिदाई गरिएको हो ।
प्रमुख आयुक्त थपलियाले संविधान र कानूनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्दै आयोगको छविलाई उच्च राख्न खेलेको भूमिकाको प्रशंसा गरे ।
उनको ६ वर्षे कार्यकालमा २०७४ र २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दुईवटा निर्वाचन भएको छ । आयोगका कर्मचारीहरू पौड्याललाई परिपक्व निर्णय गर्ने क्षमता भएको आयुक्त रहेको बताउँछन् ।
गत ४ मंसिरमा भएको निर्वाचनमा बाजुरा र स्याङ्जामा पुनःनिर्वाचन गराउन नहुने भन्दै फरक मक मत राखेका थिए ।
त्यसैगरी, पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मितिमा पनि फरक मत राखेका थिए । यद्यपि उनी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अगावै बिदा भएका छन् । अब आयोगमा एक आयुक्त रिक्त भएको छ ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले आयोगको आयुक्त नियुक्त गर्ने प्रावधान छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया